यती एअरलाइन्सले पनि घटायो टिकटको मूल्य, कहाँ कती ? भाडादर सहित

काठमाडौं– कोभिड–१९ संक्रमणको प्रभावले काठमाडौं बाहिर जाने यात्रुहरुको सहजताका लागि यती एअरलाइन्सले आफ्ना उडानहरुमा टिकटको मूल्य सस्तो बनाएको छ । भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराको लागि हामीले टिकटको मूल्य घटाएका छौं । साथै, निम्नलिखित लागू गरिएका शुल्क बाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायुसेवा संचालक संघ, नेपाल र सर्वधारणको अनुरोधमा लामो दूरीका सवारी साधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको हो । उल्लेखित हवाई भाडा दरहरु चैत १० गतेदेखि चैत २१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
एयरलाइनले विज्ञप्तीमार्फत सम्पूर्ण नेपालीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षाका उपायहरु अपनाई सुरक्षित रहन आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया