मोरङको सुन्दरहरैंचामा बजाज मोटरसाइकलमा एक्सचेन्ज अफर

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित विराटचोकमा रहेको मनकामना अटो मोवायल्सले बजाज कम्पनीको मोटरसाइकलमा एक्सचेन्ज अफर ल्याएको छ । मनकामना अटाेले जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएर ग्राहकहरुले नयाँ मोटरसाईकल लैजाने व्यवस्था यहि फागुन ९ देखी १३ गते सम्मका लागि रहेको छ । मनकामना अटोले बजाज कम्पनीकाे मोटरसाईकल राम्रोसंग खरिद बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ ।

मनकामना अटोमा जुनसुकै पुरानो मोटरसाइकलको सर्वाेकृष्ट मुल्य, न्युनतम व्याजदरमा फाइनान्सकाे सुविधा समेत रहेको मनकामना अटाे माेवायल्स विराटचाेकका संचालक डिल्लीप्रसाद ढकालले बताए । उनले बजाज माेटरसाइकलकाे प्रत्येक गाडी खरिदमा १० हजार सम्म नगद छुटका साथै आकर्षक उपहारको विशेषता तथा कुनै पनि माेटरसाइकलकाे प्रचलित बजार मूल्य भन्दा रु १५ हजार थप सुविधा समेत रहेको जानकारी दिए ।

बजाज कम्पनीकाे माेटरसाइकल प्रयाेग गर्न सजिलाे साथै उत्कृष्ट माइलेज समेत दिने गरेकाेले आफ्नाे पहिलो राेजाईमा पर्न सफल भएको ग्राहकहरु बताउँछन् ।

बजाज कम्पनीको मोटरसाइकल नेपाल लगायत मूलुकको ७० भन्दा बढी देशहरुमा बिक्री वितरण हुने गरेको कम्पनीले बताएको छ । मूलुकको ७५ वटै जिल्ला लगायत विकट ठाउँमा समेत बजाजको मोटरसाईकल उपलब्ध रहेको साथै ग्राहकहरुले मोटरसाइकलको खरिद बिक्रीमा ठूला शहरहरुमा पाउँने सुविधा अन्य सबै शाखाहरुमा सरल रुपले पाउँने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया