मेरिल्याण्ड कलेज बिराटनगरमा रोजगारी मेला सफलतापुर्वक सम्पन्न 

बिराटनगर / बिराटनगरमा पहिलोपटक मेरिल्याण्ड कलेजको आयोजनामा आयोजित रोजगारी मेला सफलतापुर्वक सम्पन्न भएको छ   । देश भरबाटै बिभिन्न औधोगिक प्रतिस्ठानको उपस्तिथीमा रोजगारी मेला आयोजना भएको हो। कलेजबाट पहिलो ब्याचको रुपमा ग्राजुएट भएका बिद्यार्थीका निम्ति कलेजले उक्त रोजगारी मेलाको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा २० बढी कम्पनीहरुको उपस्तिथी रहेको थियो । देशकै प्रतिष्ठित चौधरी समुह , देवनारा समुह . पिएलो समुह , इनोभेट नेपाल ग्रुप ,कान्तिपुर मिडिया समुह , एनआईसी एसिया बैंक , प्रभु म्यानेजमेन्ट  , राठी समुह , नयाँ पत्रिका , ग्लोबलआइएमइ बैंक ,रिगो टेक्नोलोजी, ओबि मिडिया प्राली ,बिराट एच आर लगायतको उपस्तिथी रहेको थियो ।

तपाईको प्रतिक्रिया