मुस्ताङकाे स्वाद अब इटहरीमा, एक कराेडकाे लगानी खुल्याे मुस्ताङ हाउस (तस्विरहरू सहित)

इटहरी । पुर्वको ब्यापारिक केन्द्रका रुपमा बिकास भईरहेको इटहरीमा सुबिधा सम्पन्न होटलहरू खोलिने क्रम बढिरहेका बेला फरक शैलीको रेष्टुरेन्ट मुस्ताङ हाउस सञ्चालनमा आएको छ । बिशेष गरी मुस्ताङ हाउसमा हिमाली क्षेत्रका स्थानीय लोकप्रिय खानेकुरा पाइने मुस्ताङ हाउसका संचालक अर्जुन कार्की बताउँछन् । कार्कीका अनुसार ढिकीमा कुटेको चामल, जाँतोमा दलेको मुस्ताङ्गी दाल, मुस्ताङबाट मगाइएको दाल, मुस्ताङकै टिम्बुर, मुस्ताङकै फापरको पीठो, कोदोको पीठो आदि प्रयोग गरेर थकाली खाना तयार गरीने बताए ।

खानामा चार पाँच प्रकारका अचार चटनी, अकबरे खोर्सार्नी, गुन्द्रुक भटमासको झोल, घ्यु , तीन चार थरिको तरकारी, दही तथा मही, च्याड्ग्राको सुकुटी समेत आकर्षक रहेका छन् । करिब १ करोडको लगानीमा निर्माण भएको उक्त होटलमा ओरिजिनल थकाली खाना पाउने सञ्चालक कार्की बताउँछन ।

तपाईको प्रतिक्रिया

Loading…