मुसाजन्य जीवले गाई वस्तुको गोठ तथा कुखुराको खोरमा पु¥याउने क्षती, यीनको नियंन्त्रण,

हाम्रा घरबारी, खेत, गोठ र खोरहरुमा जहाँ अन्न अनी दाना भण्डारण गरिन्छ मुसा जन्य जीव वर्षैं देखि समस्या रहेका छन् । यी जीवहरुले, मान्छे, गाई वस्तु, कुखुराका दाना खाई क्षती मात्र गर्दैनन् अझ प्रदुषित गरी विभिन्न खाले रोगका प्रकोपको जोखिम पनि बढाउछन् । एउटा मुसाले प्रति गोठ, खोर, घरमा प्रति वर्ष करिब रू. २२११ बराबरको दाना तथा अन्न कित खाएर वा बिगारेर व प्रदुषित गरी क्षती पु¥याउने गरेको तथ्यांक भेटिन्छ । यी जीवको ठाउँ अनुसार आफुलाई सुरक्षित राख्न सक्ने क्षमता तथा लुकामरी गर्ने क्षमताका कारण यीनले एक पटक अश्रय पाएको ठाउँबाट यीनलाई मुक्त गराउन दुरह कार्य हुन जान्छ । अझ त्यसमाथी ठाडो पर्खाल अनी बिजुलीका तारमा समेत कुनै माझिएको सरकसका कलाकारले देखउने भन्दा उत्कृष्ट कला प्रदर्शन गरी तथा समतल भूँईबाट १२ इन्च सम्म उफ्री भाग्ने क्षमता भएको यो जीव नियन्त्रण गर्न झन कठिन कार्य हुन जान्छ ।  हाम्रा घर, गोठ, खेत, खलामा, भकारीमा मुसा नियन्त्रण किन गर्न प¥यो ?

यीनले गर्ने उपद्रो गनी साध्य छ र ?

घरकै संरचना भताभुङ्ग पर्छन: काठका फर्निचर, विद्युत जडान गरेको तार चिथोरी काटी दिनु त यीनको मनपर्ने सौख भै मानीस विद्युत सर्ट भै आगलागी हुने खतरा बढेर जान्छ ।
घर गोठ वातानुकुलीत संरचनामा पु¥याउने क्षती जसका कारण प्रत्येक ५ वर्षमा घर गोठका यी संरचनाको पुनः निर्माणमा खर्चको लागत बढ्छनै, गोठ, खोरमा हुन जाने वातावरणिय असन्तुलनका कारण पशु–पंक्षीमा दाना पानी खपतमा हुने कमी, अनी आएका दाना शरिरमा रम्रो सँग उपभोग, उपयोग हुन नसक्दा उत्पादनमा हुने ह्रासबाट पशु–पंक्षी जन्य उत्पादनमा क्षती हुन गई आम्दानी कम हुन सक्छ ।

अन्न दाना खाइ दिने : १०० वटा मुसा भएका बथानले प्रति वर्ष १ टन दाना मात्र खाने रहेछन्, कुखुराको दाना हाल बजारमा प्रति १०० के.जी.को रू. २५०० को हाराहारी पर्छ ।
अन्न दाना प्रदुषण गर्ने : एक मुसाले जती दाना खान्छ त्यसको १० गुणा अन्न दाना आफ्नो दिसा पिसाब एवं रौंद्वारा प्रदुषित गराई खान अयोग्य बनाउछ । एक मुसाले प्रति वर्ष २४,००० लींड दिसाका टुक्रा फाल्छ । अमेरीकामा गरिएको एक अध्ययन अनुसार त्यहाँ बर्षेनी २० करोडको दाना पशुपंक्षीले खान नहुने गरी मुसाको दिसा, पिसाब र रौंबाट प्रदुषित हुन्छन् ।
जैविक सुरक्षाको लागी चुनौती : साल्मोेनेला, पास्चुरेला, लेप्टोस्पाइरा, सँुगुर–बंगुरको हैजा, ट्राइकोनेसिस, टक्सोप्लाज्मोसिस्, रेबिज जस्ता ४५ भदा बढी रोग ओसार प्रसार गर्ने बाहेकका रुपमा लिइन्छ । यीनले आफ्ना खुट्टामा लत्पताएर यी रोगका किटाणु सजिलै एक गोठ, खोर, घरबाट अन्यत्र रार्छन् ।

मुसा प्रजाती बारे केही तथ्य : उपयुक्त वातावरण पाए १ जोडी मुसा र तीनका सन्ततीले ३ वर्षमा २०,०००,००० बच्चा जन्माउछन् । सवै हुर्की गर्ने क्षती अनुमान गर्न सकिन्छ ।  हाम्रा घर, गोठ, खोर, भकारीमा मुसाको समस्या कती छ ? भनी सोध्ने हो भने एक क्षण भन्लान् छैन, तर यो समस्या लुकाउन हुदैन । साला खाला कुखुराको खोर तथा बंगुरको गोठमा ८०% देखि ८९% सम्म मुसा रहेका हुन्छन् भन्ने तथ्य भेटिन्छ क्यानाडा, अमेरिका जस्ता मुलुकमा पनि । त्यसैले हाम्रो जस्तो मुलुकमा गरिने पशु पालनका गोठमा यो जीव हामीले पालेका पशु पंक्षी सरह पाहुना बसेको हुने संभावना छ भन्दा हुन्छ । त्यसैले यो समस्या लुकाउनु भन्दा बेलैमा समाधान गर्न तर्फ लाग्नु बुद्धिमता होला ।

हाम्रा घर, गोठ खोरमा मुसा रहेको, पसेको कसरी थाहा पाउने ?

उफ्रेको दौडेको, भित्तामा चढ्दै गरेको, ख¥याक खुरुक गरेको, चिं चिं गरी आवाज गरेको, घरका पर्खाल, कुनै सामान नजीवक वा दाना खाने कुरा वरिपरि मुसाका दिसाका लिंड थुप्रिएर बसेको पाइएमा, भुई पर्खालको छेउमा खनी ताजा माटो थुपारेर राखेमा, काठका झुत्रा, टिन, प्लाष्टिकका भाँडा, क्रेट जस्ता सामानमा कोतरेको चिन्ह भएमा, मुसाको गन्ध आएमा, घर गोठमा मुसा दौडिएको, उफ्रिएको पाइएमा, अब मुुसाले सताउने भो भनी जाने हुन्छ । एउटा मुसा घर, गोठमा देखा परे त्यहाँ २५–३० वटाको बथान छ भनी अनुमान गरे हुन्छ ।

तपाईको घर गोठमा घरमुसा वा बनमुसा के को समस्या हो । यो छुट्याउने यीनको विराटा, दिसा छुट्याए पुग्छ । बनमुसा रहेछ भने यीनको विष्टा, दिसा कालो रंगको तथा धानका गेडा जस्ता अकारका हुन्छन्, घरमुसा भए कालो रंग अनी सिमी बोडीको बीउका आकारका हुन्छन् । यीनले खान्छन के, भन्छन सर्वभक्षी । पाए त घरको प्लाष्टर उप्काएर खान्छन रे, अरु कुराको चर्चा यहा नगरौं ।

मुसा जीव नियन्त्रण कसरी गर्ने ?

शत्रु जीव नियन्त्रणका लागि एउटा रणनीतिक संयुक्त कार्य नीति आवश्यक पर्दछ । यसका लागि पशुपंक्षी पालकको प्रथमतः आफ्नो घर, गोठ, खोरमा सकभर मुसा पस्न नदिने । पसिहाले तीनको संख्या न्यूनिकरण गर्ने खालका व्यवस्थापकिय कार्य योजना संचालन गर्नुपर्दछ । त्यसको लागि घर, गोठ, खोरमा मुसा छिर्न नसक्ने, छिरे पनि लुक्न सक्ने संरचना निर्माण एवं व्यवस्थापन गरिनु उचित हुनेछ । यदि उपरोक्त अनुशारका सुविधा मुसाले पाए यो जीव ढुक्कसँग आफ्नो वंश विस्तार गर्न थाल्छ ।

यस बाहेक, मुसा समात्ने पासो, ग्लू बोर्डको प्रयोग, वा घर गोठ, खोरमा बिरालो पालेर पनि मुसा नियन्त्रण गर्न सकिन्छ । यस बाहेक चर्को आवाज आउने उपकरण घर, गोठ, खोरमा जडान गरी मुसा धपाउन सकिन्छ तर यो चंखे जीव यस्ता आवाजले केही दिन त तर्सेला तर कालान्तरमा यसैमा अभ्यस्त हुन सक्छ । यी सवै प्रयास असफल भएमा उपयुक्त खाले, जनस्वास्थ्य तथा पसु स्वास्थ्यमा प्रतिकुल असर नपर्ने खालका मुसा मार्ने किटनासक ओषधि, झोल, चक्की तथा धुलो, उपयुक्त सम्वाहकमा मिसाएर मुसा लुक्न बस्न सक्ने ठाउँमा राखी मुसा मार्न सकिन्छ । तर यो ओषधि अत्याधिक विषलु हुनेहुदा प्रयोग गरिने ओषधिको रसायनीक विशेषता अनुसार सावधानी साथ प्रयोग गर्ने गराउन पर्ने हुन्छ । ताकी, केटाकेटी, कुकुर, बिराले तथा अन्य जन्तु यसको असरबाट बच्न सकोस ।

अन्तमा भन्न सकिन्छ गाईवस्तु तथा पंक्षीको गोठ, खोर तथा घर भकारीबाट मुसा निर्मुल पार्ने काम भनेको, कठिन मात्र हैन दुरुह कार्य पनि हो ।
त्यसैले पशुपंक्षी पालक कृषकले सकभर आफ्नो घर, गोठ, खोरमा मुसा पस्न नदिनु नै उचित, त्यसको लागि घर गोठको संरचना सो आनुसार बनाउन उचित हुन्छ । यदि मुसा पसी हाले यीनको नियंत्रणका माथि उल्लेखित आफुलाई कती सहज लाग्छ सोही अनुसारको बेलैमा प्रयोग गर्दा वेश । बरु मेरो घर, गोठ, खोरमा छन् १–२ जोर मुसा समस्या ठुलो हैन भनी ढुक्क नहुदानै उचीत ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…