माघ २१ देखि १४ औं धरान सडक उत्सव

सुनसरी १७ माघ । होटल एसोसिएसनले प्रत्येक बर्ष गर्दै आएको सडक उत्सव यसपटक पनि गर्ने भएको छ । स्थानिय उत्पादनको सगै व्यापार , व्यवसाय र पर्यटन प्रर्वद्धन गर्ने उद्येश्यका साथ १४ औं धरान सडक उत्सव हुने भएको आयोजकले जानकारी दिएको छ ।

होटल एसोसिएसन अफ धरानको आयोजनामा धरान १२ स्थित चतरालार्ईमा माघ २१ , २२ र ३२ गते १४औ धरान सडक उत्सव हुन लागेको हो । घुम्न जाउ धरान भन्ने मुल नाराका साथमा हुने उत्सवमा नेपाल भरका पर्यटकहरुले धरानको जातीय परिकारको साथ मनोरन्जन लिने आयोजकले जनाएको छ । प्रत्येक वर्ष नै हुदै आएको धरानको सडक उत्सव यस वर्षको भने १४ पटक हुन लागेको हो ।

उत्सव अवधिभर साँगितिक कार्यक्रम , सास्कृतिक कार्यक्रम , रस्सीतान प्रतियोगिता लगायत हुने भएको छ । उत्सवमा १ सय १४ वटा विभिन्न जातीय परिकार, सांस्कृतिक झल्कने तथा अन्य खानाका परिकारहरु रहने आयोजक होटल एसोसिएसन अफ धरानका अध्यक्ष सुर्वण श्रेष्ठले जानकारी दिनुभयो । उहाले उत्सव अवधिभर ३ लाख भन्दा वढिआन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गर्ने र यस अवधिभर २ करोणको हाराहारीमा कारकोबार वताउनुभयो ।

उहाले धरानको खानेपानी अभावलाई मध्यनजर गरी उत्सव अवधिमै पानी वचाऊ अभियानको लागि प्रत्येक वडामा स्टकर समेत वितरण गर्ने समेत उहाले वताउनुभयो । उत्सवको अवसरमा धरानमा रहेका पर्यटन प्रर्वद्धनको क्षेत्रमा कलम चलाउदै आएका एक जना पत्रकारलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।

उत्सवमा खानासगै धरान तथा आसपासका पर्यटकीय स्थलहरुको भ्रमणको लागी समेत प्याकेजको व्यवस्ता समेत गरिएको छ । उत्सवको संघ सस्था र जनजाती समन्वय समितीका संयोजक एवं पर्टटनकर्मी वासुदेव वरालले उत्सव अवधिमा पर्यटकका लागि ४ हजार र ६ हजारको दुइ वटा टुर प्याकेज तय गरिएको वताउनुभयो । उहाले पहिलो प्याकेजमा वन नाइन टुर र दोश्रो प्याकेज अन्र्तगत टु नाइट टुर गराउन जानकारी दिनुभयो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान स्थित सूर्य कत्था उद्योगा आगलागी, आगलागी अझै नियन्त्रणमा आएन (तस्विरहरू सहित)

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

असुरक्षासंगै लागू औषध ओसापसारका केन्द्रविन्दु, चोरी बढ्पछि पत्रङ्गबारीमा प्रहरी विट सञ्चालन

धरानको शक्तिपीठ दन्तकाली मन्दिरमा भक्तजनको भीड

मितेरी बैंककाे १३ औ बार्षिकोत्सवको अवसरमा अनाथ बालबालिालाई कपडा वितण

दशै नजिकिदै जादा धरानमा कालो बजारी बढ्यो

विकासको नाममा अवैध ढुंगा गिटी तथा बालुवा तस्करी

गोले तामाङहरूको प्रदेश भेला सम्पन्न

दशै बढेसंगै खसी बोकाको विक्री बढ्यो : कृषकले भाउ पाएनन् विचलियाको विगविगी

दशै, तिहार तथा छैठ पर्व शान्तिपूर्ण मनाउने अभियानमा जुटे श्यामचौकबासी

तपाईको प्रतिक्रिया