महिला बचतको २१ औँ स्थापना दिवसमा सम्मान

इटहरी / इटहरीमा रहेको महिला बचत तथा क्रण सहकारी संस्थाको २१ औँ स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याएवापत सम्मान गरिएको छ । पत्रकारिता क्षेत्रमा योगदान पु¥याएवापत पत्रकार दीपक कार्की, उत्कृष्ट सञ्चालक राजकुमारी चौधरी, उत्कृष्ट कर्मचारी पुष्कर बस्नेत, स्नातकोत्तर सम्मान रोशन न्यौपाने, सिर्जनाकुमारी शर्मा, लक्ष्मी थापा, निशा बस्नेत, हेमन्द चन्द, बर्षा बराल सहित ४ दर्जन बढीलाई सम्मान गरिएको थियो ।

उनीहरुले आफ्नो क्षेत्रमा अब्बल भएको भन्दै सम्मान गरिएको महिला बचतकी अध्यक्ष अमृता सुब्बाले बताईन् । उनले महिलाहरुको हक हितको लागि तथा महिलाहरुलाई आर्थिक समृद्धि बनाउनका लागि सहकारी स्थापना गरिएको बताईन् । कार्यक्रमबारे व्यवस्थापक पुष्कर बस्नेतले प्रकाश पारेका थिए । उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस विष्ट, नेकपा इटहरी अध्यक्ष रेवती घिमिरे लगायतले कार्यक्रममा शुभकामना मंतब्य राखेका थिए ।

उनीहरुले सहकारीले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्नका लागि सहकारी स्थापना गरी दुई दशक पार गर्नु सुखद् रहेको भन्दै प्रसंसा गरे । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम मुना तिम्सिनाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

जेसीज सप्ताह : खुल्ला दौड प्रतियोगितामा याङ्देव

दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

क्षेत्रीय कृषि अनुसन्धान तरहरामा भ्रष्टाचार : कम बिल काटेर बढी सामान निर्यात

महिला बचतको २१ औँ स्थापना दिवसमा सम्मान

तपाईको प्रतिक्रिया

Loading…