महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

 काठमाडौं  / नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले २४ गते बाट महिन्द्रा फोर ह्वील गाडीहरुको लागि नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था थियो । उक्त मेला सफलता पूर्वक सम्पन्न भएको छ ।

उक्त क्याम्प यही पुस महिनाको २४ देखि २८ गतेसम्म सञ्चालन गरिएको थियो । यो योजनामा निःशुल्क सर्भिसिङ्गको साथसाथै स्पेयर पाटर््स, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो । कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको थियो ।

साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिएको थियो । जसमा आँखा, ब्लड प्रेसर, सुगर तथा अन्य साधारण उपचारका सेवाहरु प्रदान गरिएको थियो । यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न ७५ जाँच गरेका थिए । यो सर्भिस सेवा विशेष रुपमा सफल भएको छ । सयौंको संख्यामा महिन्द्रा धनीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया