महिन्द्रा टु ह्वीलर अब जनकपुरमा

जनकपुर / अग्नि मोटो इन्कले महिन्द्रा टु ह्वीलरको लागि हालै सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्य सहित जनकपुरमा आधिकारिक शोरुमको समुद्घाटन गरेको छ ।

यो शोरुम वैशाख २९ गतेबाट शुभारम्भ गरिएको छ । जनकपुरस्थित महागणपति अटो सेल्स् शोरुमको समुद्घाटन प्रदेश नं.२ का माननिय सांसद रामआशिष यादव ज्यू ले गर्नुभएको थियो । शोरुम शुभारम्को अवसरमा नगद छुटको व्यवस्था मिलाइएको छ ।

रु १०३७५ देखि रु २०७५०० सम्मको छुट प्राप्त गर्न सकिने यस अवसरलाई महारम्भको नामबाट अगाडि सारिएको छ । शोरुमको शुभारम्भसँगै महाछुट प्राप्त हुने । यो योजना सीमित अवधिको लागि मात्र लागू हुने छ ।

तपाईको प्रतिक्रिया