महिन्द्रा टु ह्वीलरको केयर क्लव सुविधा, क्लवमा आवद्ध भए पछि यस्ता छन् फाइदा

काठमाडौं,  माघ १६ / नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले  महिन्द्रा टु ह्वीलर केयर क्लव अन्तर्गत विशेष सुविधा एवं छुटको व्यवस्था गरेकाे छ । यो सुविधा माघ १७ गते देखि सुचारु भएकाे तथा याे अवसरमा माघ १७ गेत देखि माघ १९ गते सम्म ३ दिनका लागि काठमाडौँ, सामाखुसी को सर्भिस सेन्टरमा फ्रि सर्भिसिङ्गको साथै एक्स्चेन्ज क्याम्पको व्यवस्था पनि गरेकाे छ ।

आफ्ना ग्राहकहरुलाई विक्री पछिको गुणस्तरीय एवं जिम्मेवार युक्त सेवा प्रदान गर्ने लक्ष्य सहित अग्निमोटो इन्कले केयर क्लबको सेवा सुचारु गरेको हो । क्लवमा आवद्ध भए पछि ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक÷स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्नेछन्छ। यसका अतिरिक्त जेन्यून पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट समेत दिएकाे ।

साथै सर्भिसिङ्गको समयमा विशेष प्राथमिकता, आधुनिक सुविधासहित वस्ने तथा अरु थुप्रै व्यवस्था पनि मिलाइएको छ । अग्नि मोटो इन्कका आधिकारिक आउटलेटहरुबाट रु.१२०० (भ्याट सहित) तिरी यो विशेष सदस्यता लिन सकिने कम्पनिले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया