महाबचत बजार अभियानको तयारी पुरा गर्दै दराज, म्याक बुक प्रो १३ तथा आई फोन १२ जित्ने मौका

काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन ३, २०७८ (१८ जुलाई ,२०२२) देखि दराज महाबचत बजार सुरु हुने घोषणा गरेको छ । यस अभियानको मुख्य उदेश्य ग्राहकहरुका लागि बचत प्रबर्धन गर्नु हो । अभियानको मुख्य हाइलाइटहरू भने रु ४,००० सम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनलाइन प्री–पेमेन्टमा रु २,००० सम्मको छुट, रु १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भाउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ ।

यस अभियानको लागि, नाबिल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंकका कार्डधारकहरूले प्री–पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन् । यी बैंकका डेबिट कार्ड धारकहरूले १५ % (रु १,५०० सम्म) को छुट पाउनेछन् भने क्रेडिट कार्ड धारकहरूले कार्ड प्री–पेमेन्टमा २०% (रु २००० सम्म) छुट पाउनेछन् । यो अफर सिमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसै गरि, ग्राहकहरु आफ्नो आईएमई पे खातामार्फत प्री–पेमेन्ट गरेर मूल्य अजै कम गर्न पनि सक्दछन् । आईएमई पेमार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा २०% (रु १,००० सम्म) छुट पाउन सक्नेछन् ।

यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २०% सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्डमार्फत प्री–पेमेन्टी गरेमा १५ % (रु ५००) सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व–भुक्तानीमा २०% (रु ५००) छुट पाउन सक्नेछन् ।

दराज महाबचत बजारमा प्रदर्शित “खेल एक रुपैयाँ”मा भाग लिए ग्राहकहरुले रु १,३३,००० मूल्यको आई फोन १२ र रु ५०,००० को श्री बालाजी हिराको झुम्का जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन् ।

यसै गरि अरु अन्य पुरस्कार पनि उपलब्ध छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड वा आफ्नो आईएमई पे खाता प्रयोग गरि १ रुपैयाँ भुक्तानी गर्न सक्दछन् । यदि जितेनन् भनि रकम फिर्ता हुनेछ ।

दराज महाबचत बजारमा नयाँ सामसंग एफ २२ स्मार्टफोनको लन्च हुनेछ भने विभिन्न किसिमका उत्पादन कोटीहरूमा मूल्य कटौती पनि प्रदर्शन हुनेछ ।

शीर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरू जस्तै सुजुकी, सामसंग, पानासनिक, मोटोरोला, सीजी डिजिटल, एर्क, लोट्टो, टाइटन, गोल्डस्टार, मसला बीड्स, वाइल्डस्टोन, र मीमीले आफ्नो अन्य उत्पादनहरूमा विशेष छूट प्रदान गर्दैछन् ।

“७०,००० भन्दा बढी अर्डरको साथ दराज महा बचत बजारले गत वर्ष धेरै राम्रो प्रदर्शन गरेको थियो । यस वर्ष, ग्राहकहरूले अनलाइन पूर्व–भुक्तान र आईएमई पे (क्ष्ःभ् एबथ) मार्फत अझ बढी बचत गर्न सक्नेछन् । ग्राहकले ६ लाख भन्दा बढी उत्पादनहरू मद्दे छनौट गर्न सक्दछन् भने हाम्रो १०,००० भन्दा बढी विक्रेता रदराज आफैं पनि पूर्ण ग्राहक सन्तुष्टिको डेलिभर गर्न तयार छन् । यसै गरि हामी छूट, एफबी लाइभ भिडियो, प्रतियोगिता र प्रस्तावहरूको साथ एक रमाईलो अभियानको लागि आशा गरिरहेका छौं” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने ।

ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउदै छ । त्यस्तै गरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिंग र रिभ्यु जाँच गर्न सल्लाह दिइन्छ । थप विवरणहरू हाम्रो अभियान पृष्ठमा हेर्नुहोस्ः

तपाईको प्रतिक्रिया