मकैमा दाना नलागे पछि चिन्तित किसान

पथरी / मोरङको पथरीशनिश्चरे ५ का किषानहरू मकैमा दाना नलागे पछि किसान चिन्तित बनेका छन् । रमेश कविरतले लगाएको साडे चार बिघा जमिनमा लहलह परेका मकैमा घोघा लागे पनि मकैका दाना भने लागेका छैनन् । फाट्टफुट्ट घोघामा दाना लागे पनि (थोते) पातलो मकै फलेको छ ।

सुनसरी भुटाहाको ब्रहम कृषि केन्द्रबाट उन्नत जातको मकै भनेर ल्याएर रोपेको मकै घोघा मात्रै रहेको छ । ३ जातको मकै ल्याएर रोपेकोमा अधिकांस मकैमा भने दाना लागेको छैन । बारिमा मबै खानेबेला भए पछि मकै भाच्दा घोघामात्रै भेटिएको छ । कविरतले पाइनर, ११४४ र ९०८१ जातका मकै रोपेका थिए ।

पथरीशनिश्चरे ५ का मोहन थापाको खेत ठेक्कामा मकै खेति गर्दै आएका कविरतले ३ लाखको लगानिमा मकै रोपेका हुन । एक विघा जमिनको ३० मन धान सट्टामा खेति गर्दै आएका कविरतलाई मकैमा फल नलागे पछि साहुलाई धान कसरी तिर्ने भन्ने चिन्ता छ । एक मनको हजार बाह्रसय दरले बिक्री हुदै गरेको मकै नफल्दा किसानलाई ठुलो मार्का परेको छ ।

तपाईको प्रतिक्रिया

Loading…