भोल्भो निर्माण उपकरणका आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्सकाे इटहरी शाखा संचालनमा

इटहरी  / नेपालका लागि भोल्भो निर्माण उपकरणका आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्स प्रा.लि.ले प्रदेश नं १ अन्तर्गत इटहरीमा नयाँ शाखा संचालनमा ल्याएको छ । इटहरी – ५ पचरुखीमा ग्राहकहरुबर्गहरूकाे  उत्कृष्ट सेवाका साथै भोल्भो र एसडिएलजिका पार्टपूर्जाहरुका साथ शाखा संचालनमा ल्याएकाे हाे ।

कम्पनीले इटहरीमा संचालन गरेको शाखा मार्फत एक्स्प्लोर अर्थमुभर्स प्रा.लि.ले भोल्भो र एसडिएलजिका विभिन्न निर्माण उपकरणहरु एक्स्जाभेटर इसि२१०डि, ग्रेडर जि९१३८ र जि९१९०, क्म्प्याक्टर एसडि११०बिए, टेण्डेमरोलर डिडि९०बि र न्यूम्याटिक रोलर पिटि२२० को कारोबार गर्नका साथै प्रदेश नं १ का सबै क्षेत्रहरुमा सेवा प्रदान गर्ने जनाएकाे छ ।

यस शाखाबाट सुनसरी, मोरग, झापा, धनकुटा, इलाम, तेह्रथुम, ताप्लेजुङ, उदयपुर, सोलुखुम्बु, संखुवासभा, ओखलढुँगा लगायतका विभिन्न जिल्लाका ग्राहकहरुले आवश्यक परेकै समयमा तत्काल सेवा र जगेडा पार्टपुर्जाहरु खरीद गर्न सक्नुका साथै मर्मत सम्भारको कार्यलाई बढी विश्वासिलो र भरपर्दो एवं सुविधादायक बनाउनका लागि अर्थमुभर्सले दक्ष र ज्ञाता इन्जिनियरहरु, मेन्टिनेन्स प्राविधिकहरुको एक समुह १०ः१ उपकरणको अनुपातमा प्राविधिक रहने गरी आवासीय सर्भिसको नै व्यवस्था गरेको जनाइएकाे छ ।

ग्राहकहरुले आफूले खरीद गरेका उपकरणहरुका सम्बन्धमा बिक्री पश्चात्को सेवाका लागि अधिक लाभ लिन सक्नुका साथै उनीहरुलाई बढी निर्माण कार्य गर्नर अन्य क्षेत्रहरुमा काम गर्न अझ सहज हुने विश्वास लिएकाे जनाइएकाे छ । इटहरी शाखाको शुभारम्भ अर्थमुभर्स प्रा.लि.को काठमाडौं स्थित प्रधान कार्यालयका सदस्यहरु र भोल्भो, सिंगापुरबाट आउनु भएका विशेष प्रतिनिधिको उपस्थितिमाझ भोल्भो र एसडिएलजि सम्बद्ध सरोकारका विषयमा चर्चा भएकाे थियो । इटहरी शाखामा सर्भिस इन्जिनियर २४ सै घण्टा, सातै दिन उपलब्ध रहने र प्रदेश न. १ को कुनै पनि स्थनमा आवश्यक पर्दा २४ घण्टाभित्रमा उनीहरु पुग्ने एक्स्प्लोर अर्थमुभर्स प्रा.लिका म्यानेजिङ डाइरेक्टर शुशिल श्रेष्ठले बताउनु भएकाे छ  ।

कार्यक्रममा भोल्भो पूर्वी एशिया प्यासिफिक लि., सिंगापुरका निर्देशक पे जिङ पेङले भोल्भोका नीतिहरु र नेपालका लागि लिइएको भावी योजनाका बारेमा प्रकाश पार्नु भएको थियो भनें  सिजेले उत्पादनको सपोर्टका बारे्मा जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया