‘बेस्ट म्यानेजर अफ दि इयर अवार्ड’ एफवान सफ्टका ढकाललाई, राजभण्डारीलार्इ आउटस्टाण्डिङ अवार्ड

काठमाडौं । एफवान सफ्टका प्रेसिडेन्ट तथा युवा उद्यमी विश्वास ढकाल म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले हरेक वर्ष प्रदान गर्ने बेस्ट म्यानेजर अफ दि इयर २०१७ को अवार्ड बाट सम्मानित भएका छन ।

पछिल्लो पाँच वर्षयता एफवान सफ्टले वित्तीय क्षेत्रमा  महत्वपूर्ण योगदान पूर्याएकाे भन्दै युवा उद्यमी ढकाललाृइ साे अवार्ड सहित सम्मान गरीएकाे हाे । एफवान सफ्टले मोवाइल बैंकिङ सेवा, इन्टरनेट कार्ड म्यानेजमेन्ट सिस्टम, डिजिटल वालेट र अनलाइन पेमेन्ट गेटवे इ(सेवामार्फत वित्तीय सेवा दिंदै आएको छ।

ढकाल नेतृत्वको एफवान सफ्ट अन्तर्गत अहिले २०० जनाभन्दा बढीले रोजगारी पाएका छन्। एफवान सफ्ट मातहत प्रविधि र व्यवस्थापन क्षेत्रमा ती जनशक्तिको प्रयोग भइरहेको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया