बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचा / मोरङको सुन्दरहरैंचा स्थित बिराटचोकमा नयाँ कर निति २०७६ को सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोसीहरैंचा उद्योग बाणिज्य संघको आयोजनामा सङ्घकाे हलमा अन्तरक्रिया कार्यक्रम भएको थियाे । कार्यक्रममा सुन्दरहरैंचा तथा बेलबारी लगायतका स्थानका उद्योगी, ब्यापारी र व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेकाे थियो । अन्तरक्रिया कार्यक्रममा राजस्व अनुसन्धान बिभाग र आन्तरिक राजस्व कार्यालयका अधिकृतहरुको समेत उपस्थिति रहेकाे थियो ।

नयाँ कर नितिमा समावेश गरिएका केही प्रबधान अब्यबहारिक भएको भन्दै सहभागीहरुले कर अधिकृत र राजस्व अनुसन्धान अधिकृतहरु समक्ष विभिन्न जिज्ञासा राखेका थिए । राजस्व अनुसन्धान इटहरीका अघिकृत लेखनाथ निरौला र कर अधिकृतले नयाँ प्राबधानबारे प्रष्ट पार्दै व्यवसायी बाट उठेका जिज्ञासाहरुको उत्तर दिएका थिए ।

ब्यापारी र ब्यबसायीले नयाँ कर निति अब्यबहारिक भएको भन्दै बिरोध गरेपनि कर तथा राजस्वका अधिकृतहरुले नयाँ कर नितिबारे भ्रम रहेको बताएका थिए । उनीहरूले रिटेल र साना व्यापार व्यबसायीलाइ नयाँ नितिले खासै असर नपर्ने दाबी गर्दै कर नितिको बचाउ गरेका थिए । कार्यक्रमकाे सभापतित्व अायाेजक कोसीहरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईंबाट भएको थियाे भने कार्यक्रमकाे संचालन महासचिव सन्ताेष वान्तवाले गरेका थिए ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

बेलबारी प्रहरीकाे तारिफ याेग्य काम : चाेरी भएको माेटरसाईकल बरामद माेवायलहरु जिम्मा

ग्राहककाे राेजाई बन्दै सुन्दरहरैंचाको एवान पिजा हाउस

सुन्दरहरैंचा प्रदेश स्तरीय फुटबल खेलको उपाधि झापालाई

सुकुना मा वि को ४८औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

इन्द्रपुर जेसीजकाे अध्यक्षमा भट्टराई

आहत हिपत कविता सङ्ग्रहकाे लाेकार्पण

पूर्वाञ्चल विश्वविद्यालकाे दीक्षान्त समाराेह भव्य रुपमा सम्पन्न (तस्विरहरू सहित)

अनाथ बालवालिकाले पाए न्यानाे कपडा

सफलता तर्फ अघि बढ्दै द व्यायामशाला

लायन्स क्लव सुन्दरदुलारीकाे विभिन्न कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया