बिदेशबाट फर्किएका, युवाहरु अलैची खेतीमा

तेह्रथुम / लाखौ रिन काडेर बिदेशीभुमीमा पुग्दै आएका युबाहरु पछिल्लो समय स्वदेशमा नै ब्याबशाय रोज्न थालेका छन । बिदेशबाट फर्किए युबाहरु यतीबेला ब्याबशायी अलैची खेतीमा लाग्ने गरेका हुन । बिदेशमा गरेका श्रम गाउँमै खर्चिने मनसाय बोकेमा युबाहरु यतीबेला अलैची खेती तर्फ लाग्दै आएका छन । पराईको मुलुकमा ज्यान जोखिममा राखी पिजँडाको सुगा झै रहनुको सट्टा आफ्नै परिवारको साथमा रम्दै युबाहरुले अलैची खेती थालेका जिल्लाको ओयाक्जुङका चन्द्र जोगीले बताए । लाखौ रिन काडेर दुबईमा २ बर्ष बिताए पनि साहुको रिन मात्र तिरेँ अरु केही जोड्न सकिन उनले भने । जोगीले बिदेशमा गरेको श्रम आफ्नै गाउँमा खर्चिेने सोचका साथ अलैची खेतीलाई सुरु गरेका छन । ४० बर्षिया जोगीले २६ हजार अलैचीको बिरुवा १ लाख ५० हजारमा ईलामबाट खरिद गरी अलैची खेतीलाई बिस्तार गर्दै आएका छन । जोगीले गत यसबर्ष १० मन अलैची बिक्री गरेको छन । अलैचीको मुल्य नभएपनि लगानी खेर नगएको उनले बताए ।

अलैची खेतीबाट जिल्लामा बर्षेनी करोडौ रुपैया भित्रीन्दै आएको सम्बन्धीत गाउँपालिकाहरुले जनाएका छन । गाउँमा खेर गइरहेको चिसो खोल्सा, भीरपाखा र ओसिलो जमिनमा कम लगानी र थोरै मेहनतमा लाखौं रुपैयाँ आम्दानी हुने भएपछि उनले सुरु गरेको जोगीले बताए । अलैची उत्पादन निकै राम्रो भएको छ । अन्य युवाहरु पनि अलैंची खेतीप्रति आकर्षित भएका छन । अन्य नगदेबाली र खाद्यान्न बालीको तुलनामा कम लागत र बढी मुनाफा हुने भएकाले युवाहरु व्यावसायिक रूपमा अलैंची खेती गर्न थालेका छन् ।

बारीमा मकै, कोदोको उत्पादन राम्रो नभएपछि खाद्यान्न बाली र अन्य नगदेबाली छोडेर व्यावसायिक रूपमा अलैंची खेती सुरु गर्न थालेको बताउँदै जोगीले अन्य खेतीलाई मासेर व्यवसायिक रुपमा खेतबारीको खाली जमिन अलैची खेती गर्दे आएका छन । कालो सुन भनेर चिनिने अलैंचीको उत्पादन राम्रो र मूल्य पनि राम्रै हुने गरेकाले युबाहरुको आकर्षण बढ्दो रुपमा रहेको हमरजुङका अलैची कृषक दिल बहादुर लिम्बुले बताए । करिब १ दशक बिदेशमा बिताउनु भएका लिम्बुले अहिले १५ रोपनी जमिनमा अलैची खेती गर्दै आएका छन ।

रोजगारको खोजी गर्दै धेरै युवाहरु बिदेश पुग्ने गर्छन । बिदेश गएकै कारण कतिपयको घरवार समेत बिग्रेको छ । आफ्नै गाउँ घरमा राम्रो व्यसाय गरेर आम्दानी गर्न सकिने तर्फ ध्यान दिन र सम्वन्धित निकायले समेत रोजगारका कार्यक्रमहरु लागु गर्दा यूवाहरुको आवश्यकताका आधारमा लागु गर्न सके राम्रो हुने लालीगुराँस नगरपालिका दाँगपाका रमेश बस्नेतले बताए ।

धेरै पैसा कमाउने सोचले बिदेश छिरेँ तर सपना पुरा भएन अहिले गाउँमै अलैची खेती गर्दै आएको छु बजारमा मूल्य हुँदा बिदेशको कमाई गाउँमा नै गर्न सकिने उनले बताए । मेहनत र समय कम लाग्ने र अलैंची खेतीसँगै अन्य व्यवसाय पनि गर्न मिल्ने भएकाले अलैंची खेती गर्न थालेको उनको भनाई छ । जिल्लाको ६ वटै स्थानीय तहमा अलैची खेतीमा युबाहरुको आकर्षण बढ्दै गएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

चाङलुङ गुफालाई सहयोग जुट्दै चन्द्रमायाले मात्रै परिवारको नामको १ लाख सहयोग गरिन ।

चुम्भोको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

तपाईको प्रतिक्रिया

Loading…

×