बिचौलिया र कार्टेलिङगर्ने लाई कारवाही नहुदा किशान पिडित

मोरङ / मोरङको लेटाङका तरकारी उत्पादक किसानहरू तरकारीको मुल्य नपाउँदा लगानी डुब्ने चिन्ताले सताएको छ । १० देखि १५ किलोमिटर दक्षिणका शहर तथा गाउँमा आफ्नो उत्पादन प्रति केजी खुद्रा १२० रुपैयाँ सम्ममा बिक्री हुने गरेपनि त्यसको एक चौथाई मुल्य (प्रति केजी ३०रुपैयाँ) उत्पादक किसानले नपाउँदा उनीहरू चिन्तित भएका हुन । लेटाङको वार्ड नं. ८÷९ को झण्डै दुई सय विगाहा जग्गामा किसानहरूले ब्यावसायिक तरकारी खेती गरिरहेका छन् ।

किसानको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती भएपनि तरकारीले उचित मुल्य नपाउँदा किसानहरू आर्थिक मर्कामा परेका हुन् । झापा मोरङका बजारमा हाल गोलभेडा प्रति केजी ६० रुपैयाँमा बिक्री भइरहेको छ । तर ब्यापारीले किसानलाई प्रति केजी १५÷२० रुपैयाँ भन्दा बढी मुल्य दिँदैनन । अझ घ्यु सिमि बजारमा किलोमा बिक्री हुँदैन । बजारमा पावाको ३० रुपैयाँमा बिक्री हुने घ्यु सीमीलाई ब्यापारीले किसानको बारीमा गएर प्रति केजी ३० मा पनि खरिद गर्दैनन ।

लेटाङ ८ का किसान निरज पाण्डे भन्छन हामीले ३० रुपैयाँमा बिक्री गरेको तरकारी उपभोक्ताको भान्सामा पुग्दा १२० रुपैयाँ भएर पुग्छ । थोक बिक्रेता भनाउँदाहरूले किसानलाई लुटेको बताउँदै पाण्डेले भन्ने बिचौलिया र कार्टेलिङ गर्ने ब्यापारीलाई राज्यले कारवाही गर्नुप¥यो ।
५ कठ्ठामा टमाटर खेती गरिरहनु भएका पाण्डे थप्नुहुन्छ– टमाटर खेती गर्दा प्रतिकठ्ठा १० हजार रुपैयाँ खर्च हुन्छ । गत वर्ष यही सिजनमा प्रति केजी ४० रुपैयाँमा बिक्री भको टमाटर यो वर्ष २० रुपैयाँमा पनि बिक्री भएको छैन ।

लेटाङ ८ का टेकबहादुर निरौलाले यो वर्ष ७ कठ्ठामा घ्यु सिमि र ३ कठ्ठमा टमाटर खेती लगाउनु भएको छ । तर यो वर्ष लगानी नउठ्ने उनको भनाई छ । आफूले प्रति केजी २५ रुपैयाँमा बिक्री गरेको घ्यु सिमि १० किलोमिटर दक्ष्ँिणको पथरी बजारमा १२० रुपैयाँ प्रति केजी बिक्री भएको आफ्नै आँखाले देखेपछि निरौलाको मन कुडिएको छ । भन्नुहुन्छ–‘उत्पादक किसान र उपभोक्ताले किन्ने मुल्यको अन्तर एक केजीमा ९५ रुपैयाँ छ । यातायात,ढुवानी खर्च केजीमा ५ रुपैयाँ र नाफा १० रुपैयाँ गर्दा पनि २५ को तरकारी ४० सम्ममा उपभोक्ताको भान्सामा पुग्नु पर्ने निरौलाको भनाई छ ।

सोही गाउँका नवीन लिम्बू स्थानीय निकायले तरकारीको मुल्य निर्धारण गर्नु पर्ने धारणा राख्नुहुन्छ , उनले भन्ने–सरकारले बेलामा मल र विषादी उपलब्ध गराउन सक्दैन । सिंचाईको ब्यवस्थाा पनि राम्रो छैन । तरकारीको पर निर्भरता घटाउन किसानलाई राहत दिनु त परै जाओस , तरकारी उत्पादक किसानलाई हौसला सम्म भएन । ५ कठ्ठा जग्गामा घ्यु सिमि लगाएर गत वर्ष झण्डै ६० हजार रुपैयाँ आम्दानी गर्नु भएका लिम्बू यो वर्ष मुल्य नपाउँदा निरास छन । उनलेभने,किसानले बेच्ने र उपभोक्ताले किन्ने मुल्यमा धेरै अन्तर भयो । उनलेभने,किसान आफैं ढक पल्ला लिएर बजारम बस्न भ्याउँदैन । तर सरकारी निकायले तरकारीको मुल्य तोकेन भने बाध्य भएर किसानले आफैं खुद्रा ब्यापार गर्नु पर्ने लिम्बू बताउ छन ।

लेटाङको ८र९ वार्डमा प्रत्येक घरका किसानले घ्यु सिमि, टमाटर,अदुवा लगायतका तरकारी खेती गर्ने गरेका छन । सम्बन्धित निकायले किसानको बजारलाई ब्यबस्थित गर्न नसक्दा ब्यापारीको मिलेमतोमा किसान ठगिरहेकाछन् । तरकारी खेतीबाट किसानको आर्थिक स्थितिमा सुधार आइरहेको बेला एक्कासि भाउमा समस्या देखिएपछि किसानहरु चिन्तित भएका छन् ।

किसानहरुले केही बर्ष अघि आफै सब्जी बजार सञ्चालनको प्रयास गरे पनि बिचौलियाहरुकै कारण सफल हुन सकेको थिएन । हाल किसानको घर घरमा पुगेर बिचौलिया ब्यापारीहरुले किसानले उत्पादन गरेको तरकारीलाई अर्को गाउँमा अझ सस्तो पाइने भन्दै सस्तोमा बेच्न बाध्य पार्दैै हिडिरहेका छन । ब्यापारीले जति मोल तोक्छन सोही बमोजिम बिक्रि गर्न बाध्य भएको अगुवा किसान टेकबहादुर निरौलाले बताउनु भयो ।

निरौला भन्नुहुन्छ–‘नबेचे के गर्नु कुहिएर जान्छ, ब्यापारीहरु अर्को गाउँमा अझ सस्तो किनेको उदाहरण दिन्छन, हामी हेर्न जान भ्याउँदैनौं, धानको मुल्य तोक्ने ुरकारले तरकारीको मुल्य पनि तोकिदियोस,हाम्रो माग यही हो । लेटाङको ८ र ९ नं. वडा बाट मात्र गत वर्ष ३ करोडको तरकारी बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया