बाख्रापालनमा रमाउँदै लोकबहादुर

तेह्रथुम/  परिवारलाई सुखी र खुसी राख्ने मनमा सपना बुन्दै १५ बर्ष पहिले लोक बहादुरबस्नेत कतार पुगे । छथर गाउँपालिका १ आङदिमका बस्नेतले गाउँमा साहुमाहाजनसँग रिन काडेर कतार पुुगेका उनको सपना पुरा हुन सकेन । करिब ६ बर्षकतारमा उनको समय बित्यो । गाउँबाट लिएको रिन तिर्न बाहेक खासै कमाई गर्नसकेनन बस्नेतले ।कतारबाट फर्किए सँगै बिदेशी भुमीमा भोगेको पिडा लुकाउँदै गाउँमैबाख्रापालन सुरु गरे ।

१२ हजार रुपैयाँले ३ वटा बोका किनेर बस्नेतले ३०हजारमा बिक्री गरेँ सँगै बाख्रापालनबाट भबिष्य देखेको बताउँछन । थोरैलागनीबाट सुरु गरेका बस्नेतले मनग्यै आम्दानी लिन थाले सँगै ब्याबशायिक रुपमाबाख्रापालन थालेका हुन । आफ्नो जहान परिवार सँगै रमाउँदै घरमै ब्याबशायसुरु गरेका उनले समय समयमा निराश भएपनी निरन्तरताले आज सफल बनेका छन ।छिपीन्दो उमेरका उनी बाख्रापालनबाट आएको आम्दानीबाटै ३ छोरा १छोरीलाई उच्च शिक्षा दिन सफल भएका छन । ७ जनाको परिवार धान्न उनलाईकुनै मुस्कील छैन ।

बिहान सबेरै देखी बेलुकी अबेर सम्म बाख्राको स्याहार सुसारमै ब्यास्त रहेकाउनले शुशिला बाख्रा फर्म दर्ता गरेर ब्याबशाय निरन्तरता दिँदै आएका छन । ३वटाबाट सुरु गरेका उनलेको फर्ममा अहिले ३० वटा बाख्रा,बोका पाठापाठीहरुरहेका छन । ब्याबशायलाई निरन्तरता तथा दिगो बनाउका निम्ती ४३ रोपनीजमिनमा घाँस खेती बिस्तार गरेका छन । डालेघाँसका साथै नेपियर ,डुस लगायतकाघाँस लगाएका छन ।

परिवारको राम्रो साथ रहेको बस्नेत बताउँछन ।बाख्रापालनबाटै मात्र उनले बार्षिक ४ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन ।गाउँकै नमुना फर्मको रुपमा बिकास गर्न उदेश्य रहेको उनको भनाई रहेको छ। पशु शाखा कार्यालयत तेह्रथुमबाट १४ हजार अनुदान पाएका उनले चितवनबाट २लाख ५० हजारमा बयर बोका खरिद गरी बिउबोकाको रुपमा पाल्दै आएका छन ।बाख्रा बिक्रीका लागी टाढाको बजार धाउनु पर्ने समस्या छैन । नजकिै रहेकोसुक्रबारे बजारका साथै घरैबाट लैजाने गरेको बताउँछन । अहिले उनको फर्ममाकरिब १० लाख रुपैयाँ लगानी गरेका छन । आगामी दिनमा अझै फर्मलाईब्याबशायिक रुपमा बिकास गर्ने लक्ष्य रहेको बताउँछन ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…