बर्षादले किसानलाई पुग्याे राहत

तेह्रथुम / किसानले लगाएको हिउँदेबालीमा बर्षादका कारण राहात बनेको छ । सिँचाईका लागी प्रयाप्त श्रोत नभएका किसानहरुले लगाएको बालीमा राहात बनेको हो । जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा किसानहरुले लगाएको हिउँदेबालीलाई राहात बनेको छथर ४ का शमिर लिम्बुले बताए ।

जलवायु परिवर्तनका कारण पानीका मुहान सुख्दै गए सँगै खानेपानी तथा सिँचाईमा समस्या भोग्दै आएका किसानहरुलाई राहात मिलेको लिम्बुले बताए । फलफुलबालीका साथै तरकारीमा बर्षादले राहात दिएको छ । सिजनमा पानी नपरेकै कारण बोटबिरुवा समेत मर्दै गएको थियो । बोटबिरुवालाई समेत राहात बनेको स्थानीयहरु बताउँछन ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…