बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरान/व्यवसायिक फड्को मार्दै सैयौलाई रोजगारी प्रदान गर्दै आएको बराह ग्रुप अर्थात बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले २५ औ बर्ष गाठ भव्यतासाथ मनाउने भएको छ । व्यवसायिक सफलतासंगै व्यवसाय सञ्चालनमा सैयौ युवा युवतीहरुलाई स्वरोजगार प्रदान गर्दै व्यापार व्यवसायबाट कमाएको केही मुनाफा सामाजिक कार्यमा समेत खर्चिदै आएको प्रा.लि.ले सधै प्रत्येक बर्ष बर्ष ५ गते आफ्नो स्थापना दिवस मनाउदै आए पनि यो बर्ष भने बराहका परिकल्पनाकार स्व. इन्द्र लामिछानेको जन्म दिनको अवसर पारेर २५ आंै रजत दिवस मनाउन लागिएको जनाएको छ ।

२०५२ सालबाट शुरु गरेको भएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले शुरुका दिनमा सुनचादीका गरगहनाबाट शुरु गरेको व्यवसाय अहिले ‘नुनदेखि सुनसम्म’ पु¥याएको छ भने २५ आंै रजत महोत्वसबका अवसर पारेर डाइमण्डको व्यवसाय समेत शुरु गरिने बराह ज्वेलरी इन्डष्ट्रि प्रालि.का अध्यक्ष शिवकुमार लामिछानेले बताउनुभयो । व्यवसायिक सफलतासंगै सामाजिक कार्यमा समेत बराहले काम गर्दै आएको बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका सञ्चालक एवम् शाखा प्रमुख मानबहादुर विश्वकर्माले बताउनुभयो ।

व्यवसायसंगै सामाजिक कार्य गर्दै आएको बराहले गहनाको माध्यमबाट विभिन्न जात जातिको मौलिकतालाई समेत जीवन्तता राख्ने काम बराहले गरेको छ । यसैको निरन्ता होला विगतको जस्त यस बर्ष पनि रजत जयन्तिको अवसरमा रक्तदानको आयोजना समेत गर्ने भएो छ । विगतमा समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको अभाव हुदा बराहले पूर्वाञ्चलमै सबै भन्दा रगत संकलन गरेर प्रतिष्ठानमा रगतको अभावबाट तडपिएका विरामीहरुलाई सहयोग गरेको थियो ।

यस बर्ष पनि धरान ८ सभागृहमा हुन लागेको बार्षिकोत्सवका पहिलो कार्यक्रम नै बराहले रक्तदानलाई लिएको छ । यसका साथै विभन्न जातीय गरगहनाको संरक्षण गर्ने उद्दे्श्यले परिकल्पनाकार स्व. इन्द्र लामिछानेको नामबाट स्थापना भएको इन्द्र बराह संंग्रहालयले परम्परागत तथा आधुनिक गहगहनाका प्रदर्शनी स्टल राखिने छ भने कृषि क्षेत्रमा समेत मोरङको ग्रामथान तेतरियामा कृषि फर्म सञ्चालन गरेपछि कृषि परिकारका प्रदर्शनीका साथै जानकारी समेत गराउने भएको छ । बराहमा भएका फेमिली किचन, गरगहना निर्माणको प्रत्यक्ष अवलोकनका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा वृहत सास्कृतिक कार्यक्रमको आयोजन गर्ने भएको । यस्तै सोही अवसर पारेर संस्थापक अध्यक्ष स्व.इन्द्रबहादुर विश्वकर्माको स्मृतिमा निमिष नामक पुस्तकको समेत विमोचतन गर्ने भएका छ ।

यस्तै सोही कार्यक्रममा विभिन्न क्षेत्रमा सहयोग पु¥याउने सञ्चारकर्मीहरुलाई इन्द्र बराह स्मृति पुरस्कार तथा सममान कार्यक्रम सहित बराह डिपार्टमेन्ट स्टोरका १७ हजार २ सय ४ जनामध्ये १ जना भाग्यशाली ग्राहकलाई स्कुटी समेत प्रदान गर्ने भएको प्रशासकीय अधिकृत गंगा कालिकोटेल जानकारी दिनुभयो । उहाका अनुसार असोज १ गतेदेखि १५ गतेसम्म विभिन्न समाग्री खरिद गर्ने गहकलाई २ देखि ५० प्रतिशत छुट प्रदान गरिने भएको छ ।

सुन र चादीका गहनाबाट शुरु भएको बराहले २५ औ रजत जयन्तिको अवसर पारेर डायमण्डका गहनाको समेत पोखरा, धरान, चितवन, काठमाण्डौका पाचवटै शाखाबाट एकै पटक शुरुवात गरिने अध्यक्ष शिवकुमार लामिछानेले बताउनुभयो । बराहको नेपालमा मात्र हङकङ ्र युकेमा समेत व्यवसाय शुरुवात भइसकेको छ । यस अवधिमा बराहले बराह डिपार्टमैन्ट स्टोर, बराह बचत तथा ऋण सहकारी संस्था लि., इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, रेमिट तथा विभिन्न सव रेमिट, बराह बाल संसार लगायतका दर्जन भन्दा सेवा उपलब्ध गराउदै आएको छ ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

तपाईको प्रतिक्रिया

Loading…

Loading…