बजेट सम्बन्धमा विराटनगरका उद्योगी ब्यबसायीको यस्ताे प्रतिक्रिया

मोरङ । आर्थिक बर्ष २०७५।०७६ का लागी मंगलबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट पेश गरेका छन ।  चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख बजेट व्यवस्था गरिएको छ । बजेटका लागि राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख जुटाइनेछ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्रीको भनाई छ ।

बजेट अन्र्तगत प्रदेश १ ले १९ अर्ब ८८ करोड बजेट पाएको छ । प्रदेश १ ले वित्तीय समानीकरण अनुदान अन्तर्गत ६ अर्ब ६१ करोड र सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड बजेट पाएको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷०७६ को बजेटबारे विराटनगरका उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया ब्यत्त गरेका छन ।

महेश जाजु

मोरङ व्यापार संघका पूर्वअध्यक्ष एवं उद्योगी महेश जाजुले ऊर्जा, कृषि र सडकलाई प्राथमिकता दिनु सकरात्मक भएको बताएका छन । विद्युत् उत्पादनको सरकारी लक्ष्यले मुलुकमा औद्योगिकरणको वातावरण बन्ने र लगानी भित्रने उनको बुझाई छ । उनले समय सापेक्ष बजेट आएकोले पूर्णरूपमा कार्यन्वयन गर्न जोड दिएका छन् ।

पवनकुमार सारडा

मोरङ व्यापार संघका अध्यक्ष तथा पूर्वसांसद समेत रहेका सारडाले सांसदले आफनो निर्वाचन क्षेत्रमा डाइरेक खर्च गर्ने निती कटौति गर्नुलाई सकरात्मक रपमा लिएका छन । ‘विकासको नाममा संसद कोषको रकम आफनो कार्यकर्ता पोस्ने काम हुने गरेकोमा अब त्यो दिन सकिएको उनको भनाई छ ।

मुकेश उपाध्याय

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले सरकारले ८३ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रमा बजेट छुटयाएको भन्दै ऊर्जा क्षेत्रमा देखिएको समस्याको समाधान हुने बिश्वास गरेका छन । ‘जोगवनी–किमाथांका सडकलाई विशेष प्राथामिकता दिएपछि ‘यस क्षेत्रको विकासको लागि राम्रो आयम हुने उनले बताए ’ कृषी कर्जामा समेत ठूलो रकम विनायोजन गरेकोले कृषकहरुलाई समेत ठूलो राहत मिलेको र चीनसँग जोड्न प्रशारण लाइन विस्तारको योजना पनि सकारात्मक भएको उनी बताउँछन ।

राजेन्द्र राउत

उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत रहेका राउतले नीजि क्षेत्रको अपेक्षाअनुसार बजेट नभएको प्रतिक्रिया दिएका छन । पूर्वाधार विकास र कृषिलाई फोकस गरेको भएपनि नीजि क्षेत्रको अपेक्षा अनुसार बजेट नआएको उनको भनाई रहेको छ ।

प्रकाश मुन्दडा

मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्ष तथा युवा उद्यमी प्रकाश मुन्दडाले विदेशी लगानीलाई उत्साहित र निकासीजन्य उद्योगलाई अहिले बजेटले समेटेका प्रति खुसी ब्यक्त गरेका छन । ऊर्जा, कृषि र सडकलाई प्राथमिकता दिनु बजेटको सकारात्मक पक्ष रहेको उनी बताउँछन । विद्युत उत्पादनको सरकारी लक्ष्यले मुलुकमा औद्योगिकरणको वातावरण बन्ने र लगानी भित्रिने उनको बुझाई रहेको छ ।

बजेट प्रस्तुत भएपछि बिराटनगर र आसपासका अन्य उद्योगी ब्यबसायीहरुले बजेट सकरात्मक भएको र यस्को कार्यन्वयन जरुरी भएको प्रतिक्रिया दिएका छन । प्रदेश १ कै मुख्य औद्योगिक करिडोरका रुपमा रहेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी ब्यबसायीहरुले यो बजेटलाई सकरात्मक भनेका छन ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

के प्रदेश सांसदहरु असुरक्षित भएकै हुन ?

प्रदेश १ को राजधानी बिराटनगरको पक्षमा काँग्रेस, बिपक्षमा कम्युनिष्ट

चुनौतिका पहाडबिच छलाङ मार्दै पूर्वेली न्यूज पाँचौ बर्षमा

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

उर्जामन्त्रीदेखि मुख्यमन्त्रीसम्मको आश्वासन : बाढीले बगाएको एक बर्ष बित्दासमेत बनेन लोहन्द्राको पुल

प्रहरी ईन्काउण्टर फेक की रियल ?

पुर्वमा तिजको लहर आयो बरि लै …..!

युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

तपाईको प्रतिक्रिया