बजार अनुगमन समितिको मौसमी बाजा

उदयपुरको त्रियुगा नगरपालिका ३ का उषा कुमारी चौधरीले गाईघाटको एक पसलबाट छोरीको लागि वाइ वाइ तयारी चाउ चाउ किनेर घर लिएर आईन् । चाउ चाउ खोलेर खान खोज्दा ढुसी परिसकेको थियो । समय छदै चाउ चाउ ढुसी परेपनि एउटा चाउ चाउ साट्नको लागि ५० रुपैया भाडा तिरेर गाईघाट जानुआउनु भन्दा ३० रुपैया दान दिएको उनले अनुभव सुनाईन् ।
त्रियुगा नगरपालिका ६ की मिरा खनालले गएको गर्मी मौसममा चिसो पेय नखाएरै बिताइन् । गतवर्ष बजार डुल्दै थिइन् । अत्यन्त गर्मी भएपछि होटलमा स्लाइस खाँदै थिइन् बोतल सकिनै लाग्दा बाक्लो ढिक्कासहितको लेदो स्वात्तै मुखभित्र छिर्यो । थुक्न नपाउँदै घाँटीभित्र पसेपछि उनले वान्ता गरिन् । त्यसपछि कसैले चिसो खाउँ भन्यो भने पनि उनलाई वान्ता आउला जस्तो भयो ।

उदयपुर सदरमुकाम गाईघाटकै एक होलटमा एक जनाले माउन्टेन डिउ खान खोज्दा बोतल भित्र परागको खोल भेटियो । नखोलिएको माउन्टेन डियुको बोतल भित्र सूर्तिजन्य पराग कसरी छिर्यो, यस्ता अखाद्य पदार्थहरु कति मिसाबट छ, सरकारी निकाय किन मौन रहेको छ । यी प्रश्नहरुको जवाफ कसैबाट चित्तबुझदो जवाफ आउन सकेको छैन् ।

यी माथिको घटना त प्रतिनिधि घटनामात्र हुन् । नेपाली उपभोक्ताहरू हरेक दिन हरेक वस्तुमा ठगिएकै हुन्छन् । चाहे त्यो गुणस्तरमा होस् वा मूल्यमा । वस्तुको बजार मूल्य र गुणस्तरबारे अनुगमन र नियमन गर्ने निकाय मौसमी अनुगमनमा मात्र सीमित रहँदा उपभोक्ताहरू हरेक वस्तुमा ठगिने गरेका छन् । केही समय अगाडी कटारी नगरपालिका भित्रका पसलहरुमा अनुगमन गर्दा कटारी उद्योग बाणिज्य संघले कटारी बजार नै बन्द गरेर अनुगमनलाई प्रभावित पारे ।

चाडपर्व आउँदा सक्रिय देखिने अनुगमन समिति केही पसलहरूमा मात्र अनुगमन गरी वर्षभरिको काम देखाउने गर्छ । उदयपुरका विभिन्न स्थानमा दैनिक दर्जनौं स्थानमा साप्ताहिक हाटबजार लाग्ने गर्दछन् । दैनिक दशौं हजार उपभोक्ताले तरकारी, फलफूल, तेल दालदेखि माछामासु समेत किनमेल गर्ने हाटबजारहरुमा अनुगमन समितिको ध्यान पुग्न सकेको छैन ।
चाड पर्व सूरु भएपछि मात्र गरिने बजार अनुगमनलाई ब्यापारीहरु समेत केहि समयको त्रासको रुपमा लिन्छन् । दशैं नजिकएपछि जिल्ला अनुगमन समितीले बल्ल अनुगमन गर्न शुरु गरेको छ । त्यस्तो अनुगमन प्रति उपभोक्ताहरु समेत बिश्वस्त हुन सकेका छैनन् ।

व्यापारीहरुले गर्ने कालोबजारी र मिसावट बाह्ै महिना गर्ने भएकोले दशैको मुखमा गरिने अनुगमनको कुनै अर्थ नरहने उपभोक्ता बताउंछन् । त्रियुगा नगरपालिका ११ का सरस्वती पोखरेल बताउँंछिन् । उनका अनुसार अनुगमन समितिको मौसमी बाजा मात्रै हो, अनुगमनको नाममा साना साना व्यवसायीलाई दुख दिने मात्रै काम हो । तर, गोदाममा मिसाबट गर्नेलाई खुल्लेआम छोडिरहेको बताईन् ।

जिल्लामा बाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल कार्यालय, स्वास्थ्य, कृषि तथा पशु, स्थानीय सरकार र उपभोक्ता मञ्च समेतको सहभागितामा नियमित अनुगमन गर्ने बैधानिक व्यवस्था छ । तर यि निकायहरुका बिचमा पनि समन्वयको अभाव हुंदा अनुगमन नियमित र प्रभावकारी हुन नसकेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

अरु समयभन्दा चाडपर्वको समयमा उपभोग्य वस्तुको खपत पनि धेरै हुने मौका छोपी व्यापारीहरुले कम गुणस्तरको वस्तुलाई चर्को मूल्य असुल्ने तथा कृतिम अभाव श्रृजना गर्ने काम भैरहेको छ । साना साना पसलमा अनुगमन गरिएपनि मेन गोदाममा अनुगमन नगर्दा उपभोक्ताहरुले म्याद गुज्रेको, मिसाबट खाद्य बस्तु किन्न बाध्य भएका छन् । अधिकांश व्यपारीको आफ्नै आफ्नै गोदाम छन्, तर, ति गोदामसम्म अनुगमन टोली पुग्नै सक्दैन् ।

यता उपभोक्ताहरु भने बजार अनुगमन गर्ने तर कालोबजारी र कृत्रिम अभाव गर्ने व्यापारीहरुलाई कडाईका साथ कार्वाही नगर्दा बजार अनुगमन प्रति बिश्वस्त हुन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीका अनुसार चुनाव, कर्मचारीको समायोजनले गर्दा अनुमगनमा बाधा पुगेको बताए । उनका अनुसार अवका दिनमा निरन्तर अनुगमन हुने बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुरमा आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द

तपाईको प्रतिक्रिया