क्वालिटीले ल्यायाे ईनर्जी डिङक्स र जुस

विराटनगर / करिव तिन दशक देखी तयारी खाद्य बस्तुको उत्पादन गर्दै आएको काबरा जि ग्रुपको क्वालिटी थाई फुड्स प्रा.लि.ले पछिल्लो समय नेपालमा नै पहिलो पटक इनर्जी ड्रिङक्सको उत्पादन सुरु गरेको छ । अत्याधुनिक स्वचालित प्रबिधिबाट आफ्नो नयाँ उत्पादन “वाओ” ब्राण्डको इनर्जी ड्रिङक्स र “टोटल” ब्राण्डको फलफुलको जुस बजारमा ल्याएको हो । क्वालिटी थाई फुड्सले अत्याधुनिक कोरियन प्रबिधिको पुर्ण स्वचालित मेसिनबाट उत्पादित इनर्जी ड्रिङक्स नेपालकै पहिलो ईनर्जी ड्रिक्स हो । यस अघी नेपाली बजारमा बिभिन्न तेस्रो मुलुकबाट आयातित यस्तो ड्रिङक्स बजारमा उपलब्ध हुँदै आएको थियो ।

बजारमा उपलब्ध भएका अधिकाश इनर्जी ड्रिङक्स बिदेशमै प्याक भएर आउने भएकाले आम जनताको स्वास्थमा प्रतिकुल हुनसक्ने भएकाले क्वालिटीले हालसालै भित्रिएको अत्याधुनिक प्रबिधिको कोरियन स्वचालित मेसिनबाट अन्तराष्ट्रिय गुणस्तरको उत्पादन सुरु गरेको हो । यसैगरी थाई फुड्सले “टोटल” ब्राण्डमा फलफुलको जुस समेत बजारमा ल्याएको छ । आँप, लिची, भुईकटहर, अम्बा, मेवा लगायतका एक दर्जन भन्दा बढी फलफुलको जुस बजारमा ल्याएको बिज्ञप्ती मार्फत जनाएको छ ।

बिभिन्न १२३ चाउमिन पुर्ण रुपमा असुद्ध खाद्ध मिसावट रहित र पुर्ण आधुनिक कोरियन मेसिन बाट पुर्ण रुपमा स्वचालित उत्पादन र ड्राईङ प्रबिधि बाट सुकाएका कारण समेत स्वस्थकर स्वादिस्ट रहेको कम्पनीको दाबी छ । कम्पनीले सबै उमेर समुहको स्वादलाई ध्यानमा राखिएकाे समेत जनाईएको छ ।

खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलयबाट जाँच पास गराएर उत्पादित चाउमिनमा कुनै प्रकारको तेलको प्रयोग नभएका कारण समेत अझ स्वस्थकर रहेको कम्पनीको दाबी छ । थाई फुड्सले उत्पादन गर्दै आएको १२३, बुलेट, ताईपाई लगायतका चाउचाउ तथा बिभिन्न ५० भन्दा बढी ब्राण्डका स्नाक्सले आम उपभोक्ताको मन जित्दै आएको छ ।

यसैगरी पछिल्लो समयमा यस उद्योगले म्याक्पा, पिज्जो र टुल्के ब्राण्डको पुर्णरुपमा सुजि मात्र प्रयोग गरिएको खाजाको रुपमा प्रयोगहुने पास्ता बजारमा ल्याएको छ भने छिटोमिठो ब्राण्डका आधुनिक र आर्कषक प्याकमा फुरनदाना र झालमुडी उपभोक्ताले अत्यधिक रुचाएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…