फेरि बढ्यो सुनको मूल्य, कति छ आज ?

काठमाडौं / बजारमा आज फेरि सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतिताला ५७ हजार दुई सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला सात सय २० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…