फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सोमबार रातिबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो ।
निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १४ रूपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य १०१ रूपैयाँ पुगेको छ। तर, हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।

Purbeli TV

तपाईको प्रतिक्रिया