फिट इण्डस्ट्रिजले ल्यायो ‘फिट बार’

काठमान्डाैं / एसजी समूह अन्तर्गतको फिट इण्डस्ट्रिजले ‘फिट बार’ भनि ब्राण्डिङ गरिएको नेपालकै पहिलो ‘इनर्जी बार’ बजारमा ल्याएको छ। शुक्रबार एक कार्यक्रमकाबीच ओलम्पियन बैकुन्ठ मानन्धरले फिट बारको बिक्री शुभारम्भ गरेका छन्।

कम्पनीले फिट बारमा स्वास्थ्यवर्द्धक कच्चा पदार्थ प्रयोग गरेको जनाएको छ। यसमा शतप्रतिशत सकभर नेपालमै उत्पादन भएका कृषिजन्य पदार्थको प्रयोग गरिनुका साथै यसमा ओट्स तथा बदामजस्ता शरीरलाई आवश्यक कच्चा पदार्थ प्रयोग गरिएको बताइएको छ। यसको प्रयोग बच्चादेखि वृद्धवृद्धासम्मले गर्नसक्ने छन्। मधुमेह रोगीले पनि यसको प्रयोग गर्नसक्ने र त्यसका लागि यो उत्पादन प्रभावकारी रहेकाे कम्पनीले जनाएको छ।

ओट्स तथा मह मिसाएर चकलेट उत्पादन गरिएकाे हुनाले जीम, हाइकिङ, साइक्लिङ, सेना प्रहरीलाई लक्षित गर्दै उत्पादन बजारमा ल्याइएको उद्योगका संचालक सुगम घिमिरेले बताए।
नेपाल आउने विदेशी पर्यटकले विदेशी इनर्जी बारको व्यापक प्रयोग गरिरहेको भन्दै कम्पनीले अब नेपालमै उत्पादित इनर्जी उनीहरुले प्रयोग गर्ने विश्वास पनि लिएको छ। कम्पनीले चाँडै स्वास्थ्यलाई लाभदायी हुने प्रोटिन बार विस्कुट तथा जुसहरु बजारमा ल्याउने जनाएको छ।

तपाईको प्रतिक्रिया