फागुन १७ देखि लेटाङ्ग एक्स्पो हुने

पथरी / उत्तरी मोरङको लेटाङ गरपालिकामा फागुन १७ देखि लेटाङ्ग एक्स्पो हुने भएको छ । लेटाङमा रहेको कृषी र पर्यटकीय स्थलको बिकास र प्रबद्धन गर्ने उदेश्यका साथ एक्स्पो हुन लागेको आयोजकले पत्रकार संमेलन गरी जानकारी दिएको छ । महोत्सवमा कृषीको अलवा पर्यटकीय स्थल, कृषि पर्यटन, कला र संस्कृतिले पर्यटकलाई थप मनाेरन्जन प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

१० दिन सञ्चालन हुने एक्स्पोमा ५ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । १ सय ५० वटा स्टल रहने एक्स्पोमा खानाको स्टल , कृषि स्टल , अटोमोवायल स्टल, कपडाका स्टल सो एक्स्पोको आकर्षण हुने आयोजकको भनाई छ। उत्तरी मोरङको मुख्य कृषि उत्पादन अलैची,तेजपात, अम्लिसो, चिया,अदुवा लगायतको ब्यापार बिस्तार र प्रचारका लागि एक्स्पो केन्द्रीत हुने आयोजक समितिका संयोजक खड्ग श्रेष्ठले बताएका छन। संयोजक श्रेष्ठका अनुसार उत्तरी मोरङका प्रमुख पर्यटकीय गन्तब्य राजारानी ताल, वाराङ्गीको बाराजी मन्दिर,किसे झरना, कोलुङ झरना, मातृभुमि चिया बगान र जेफाले डाडाँमा पर्यटकलाई आकर्षित गर्न एक्स्पोको आयोजना गरिएको हो ।

एक्स्पो अवधिमा झण्डै २ लाख मानिसले अवलोकन गर्ने आयोजकको दाबी छ । कुल ७५ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको लेटाङ एक्स्पो आयोजना गर्न झण्डै ५९ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । एक्स्पोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपस्थित रहेका नगर प्रमुख शंकर राईले यश किसिमका प्रदर्शनिले नगरको प्रबर्द्धन गर्ने र नगरलाई समृद्धि तर्फ अगाडि बढाउने बताएका छन। सो एक्स्पो अवधी भर सुरक्षा व्यवस्थाको प्रबन्ध समेत नगरले गर्ने उल्लेख गर्दै नगर प्रमुख राईले ढुक्क भएर एक्स्पो अवलोकन गर्न आवहान गरेका छन। ३५१ सदस्यीय मुल समारोह समिती र २७ सदस्यीय सचिवालय गठन गरि तयारी थालिएकोले एक्स्पो सभ्य र भव्य हुनेमा आफू विश्वस्त रहेको संयोजक श्रेष्ठले बताए।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…