प्लाष्ट नेपाल फाउण्डेशनद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा भेटघाट कार्यक्रम

विश्व वातावरण दिवसको अवसरमा विभिन्न सञ्चारकर्मी र प्लाष्ट नेपाल फाउण्डेशनका पदाधिकारी एवं सदस्यवर्ग र साथै फाउण्डेशनका उपाध्यक्ष   दिपक श्रेष्ठको सभापतित्वमा मिति २०७५।०२।२१ गते सोमबार (जुन ४, २०१८) का दिन काठमाडौंमा एक भेटघाट कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा यस फाउण्डेशनका सञ्चालक समिति सदस्य तथा मिडिया टिमका संयोजक श्री विनित अग्रवालले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

प्लाष्टिकजन्य सामाग्रीको उपयोगिता, महत्व र प्रयोग पश्चात् निस्कने फोहोरको नकारात्मक असर र यसको सही व्यवस्थापनबारे जनचेतना फैलाउने उद्देश्यले यस विषयमा प्लाष्ट नेपाल फाउण्डेशनले एउटा सानो वृत्त चित्र तयार गरी आजको यस कार्यक्रममा सञ्चार माध्यमका प्रतिनिधिहरु समक्ष प्रस्तुत गरेको थियो ।

कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा प्लाष्ट नेपाल फाउण्डेशनका उपाध्यक्ष श्री दिपक श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै वातावरण संरक्षणमा फाउण्डेशनले विभिन्न सरोकारवालहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

तपाईको प्रतिक्रिया