प्रशासनको निर्देशन पछि खुम्बुमा एशोसियसनले कोठाभाडा उठाउन छाड्यो

सोलुखुम्बु / जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको कडा निर्देशन पछि खुम्बु क्षेत्रमा होटल एशोसियसनले लिदै आएको कोठाभाडा वापत्को रकम लिन छाडिएको छ । अवैधानिक रुपमा पर्यटकसंग कोठाभाडा लिएको गुनासो चुलिएपछि प्रशासनले सात दिने अल्टिमेटम सहितको पत्र पठाएको थियो । सो समयमा एसोसियसनका सम्बन्धित व्यक्ति प्रसाशनमा हाजिर नभएपछि रकम संकलनमा संलग्नलाई पक्राउ गर्न निर्देशन दिएपछि उक्त कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले बताए ।

खुम्बु क्षेत्रमा आउने पर्यटकहरुलाई कोठा भाडाको नाममा एसोसियसनले रकम लिने क्रम नरोकिएको गुनासो व्यापक बढेपछि प्रसाशनले पक्राउ गर्न आदेश दिएको थियो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले होटलले ब्यक्तिगत रुपमा कोठा भाडा लिन पाउने भएपनि कुनै संघ, संगठन दर्ता गरी रकम लिनु गैरकानुनी कार्य भएको भन्दै रकम उठाउने व्यक्तिहरुलाई पक्राउ गर्न आदेश दिएको बताए । खुम्बु क्षेत्रमा केहि समयदेखि होटल एशोसियसनले कोठा भाडाको नाममा पर्यटकहरुबाट रकम लिदै आएका थिए । उनीहरुले सामान्य कोठाका लागि ५ सय र एटेज बाथरुमसहितको कोठाका लागि एक हजार रुपैया लिदै आएको सर्बसाधरणको गुनासो थियो ।

प्रशासनको निर्देशन पछि कोठाभाडाको रकम सम्बन्धित होटललेनै उठाउने गरि एशोसियसनले रकम उठाउन छाडेको खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए । अध्यक्षका अनुसार अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नको लागि एशोसियसन खडा गरि कोठा भाडा लिने र महिनाको अन्तिम दिन सम्पुर्ण व्यवसायी जम्मा भई बाडफाड गर्ने कार्य गरिएको थियो । नाम्चे होटल संघका सदस्य लामाकाजी शेर्पाले व्यवसायीहरुले पर्यटक तानातान हुदा कोठाभाडा निशुल्क दिने गरेपछि अस्वस्थ प्रतिस्प्रर्धालाई रोक्नका लागि एसोसियसन मार्फत कोठाभाडा शुल्क उठाउन थालेको बताए । हाल गाउँपालिकामा ४ वटा होटल एसोसियन दर्ता भएका छन् भने केही दर्ता प्रक्रियामा छन् ।

Subscribe PURBELI TV

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

तपाईको प्रतिक्रिया

Loading…