प्रदेश २ को बजेट : ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार

जनकपुरधाम / प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गरेको छ । आईतवार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार बजेट प्रस्तुत गरेका हुन् । बजेटमा पूँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार र चालु तर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थय, पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । सरकारले प्रस्तुत गरेको बजेटमा बेटी पढाउ बेटी बचाउ अभियानका लागि ३९ करोड ३३ लाख, छोरी मुद्दती कार्यक्रमका लागि ९० करोड बजेट छुट्याइएको छ । कक्षा १ देखि ८ सम्मका दलित छात्राका ५ सय रुपैयाको दरले छात्रवृती उपलब्ध गराउनका लागी ४८ करोड बजेट छुट्याइएको छ ।

सँगै प्रदेश सरकारले संघीय सरकारसँगको सहकार्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका लागि ४९ करोड बजेट छुट्याएको छ। सँगै मुख्यमन्त्री कृषि उत्थानका लागि २० करोड रकम विनियोजन भएको छ । जनकपुर अञ्चल अस्पताललाई प्रदेश स्तरीय बनाउन यसको स्तरोन्तरी गर्न २३ करोड रुपैया छुट्टयाएको छ ।

त्यस्तै प्रदेश २ को सबै जिल्लाबाट स्वास्थ्य सेवा प्रदान गर्ने जिल्ला स्वास्थ्य अस्पतालको सेवा सुधार गर्न ३० करोड रुपैया विनियोजन गरिएको छ । प्रदेश सरकारले सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि तीन करोड रकम विनियोजन गरेको छ । बहुक्षेत्रिय कुपोषण कार्यक्रमको लागि २७ करोड विनियोजन गरिएको छ । एकिकृत महिला स्वास्थ्य तथा प्रजनन् स्वास्थ्य कार्यक्रमको लागि १६ करोड ५ लाख १४ हजार रुपैया विनियोजन गरिएको छ । खेलकुद तथा रंगशाला निर्माणको लागि १२ करोड ८० लाख रुपैया विनियोजन गरिएको छ ।

यसैगरी, विद्यालयमा बालिका शौचालयका लागि ५ करोड, घुम्ती शौचालय सञ्चालन, मुख्यमन्त्री किसान आयोजनाका लागि २० करोड, मत्स्य विकास कोषका लागि १४ करोड, माटो परीक्षणका लागि बजेट, शीत भण्डारका ४० करोड, स्वच्छ खानेपानीका लागि विशेष योजनालगायतका शीर्षकहरु समेटिएका छन् । यस्तै, खेत–खेतमा पानी, हात हातमा कामका लागि प्रदेश सरकारले बजेट छुट्याएको हो । जैविक मल कारखानाका लागि पनि सरकारले बजेट छुट्याएको हो । प्रदेशलाई अँध्यारोमुक्त घोषणााका लागि दुई ठूला योजनाहरुको विकास गर्ने उल्लेख छ ।

PURBELI TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…