प्रदेश १ मा अनलाईन सपिङमा चर्चा कमाउँदै बिज संसार

ईटहरी । पछिल्लो समय प्रबिधिको बिकास सँगै विश्वबजारमा अनलाईन सपिङ गर्ने चलन बढेको छ । बिशेषगरी ब्यस्त जीवन बिताउने र बजारसम्म पुग्न नसक्ने मानिसहरुका लागी यो वरदान सावित नै भएको छ । यहि होडमा प्रदेश नम्बर १ मै पहिलो र एकमात्र बिज संसार डटकमले आफनो सेवा बिस्तार गरेको छ ।

स्थापनाको छोटो अबधिमै बिज संसारले सफलता पाएको छ । शुरुमै प्रदेश नम्बर १ का प्रायजसो सबै जिल्लामा अनलाईनबाटै सपिङ सुबिधा उपलब्ध गराईरहेको छ ।बिज संसारले  अनलाइन पेमेन्ट तथा क्यास अन डेलीभरी दुवै माध्यबाट काराेबार गर्ने गरेका र १ नं प्रदेशका झापा, माेरङ, सुनसरीमा सामान डेलीभरी  गरिरहेको  सञ्चालक सन्दिप तामाङ बताउँछन । तामाङका अनुसार हाल  १०,००० बढी सामाग्रीहरु रहेकाे  र अनलाइन मार्फत काराेबार गर्दा समय तथा अर्थ दुवै बचत हुने भएका कारण बिजसंसार लोकप्रिय हुँदै गएको उनको बुझाई रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया