प्रदेश सरकार किसानको हितमा काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री राई

धरान / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १को मुख्य आयस्रोत कृषि भएकोले कृषिलाई आधुनिकीकरणसंगै कृषकलाई आत्मनिर्भर बनाउने प्रदेश सरकारले अगाडि सारेको बताउनुभएको छ ।मुख्यमन्त्री राईले सो कुरा धरानस्थित बराह कृषि उपज तथा पशुपालन प्रा.लि.को कृषि परियोजना अन्तर्गत मोरङ्ग ग्रामथान तेत्तरियामा सञ्चालित परियोजना अवलोकन क्रममा यस्तो बताउनुभएको हो ।

मुख्य मन्त्री राईले प्रदेश नं. १ कृषि पकेट क्षेत्र भएको बताउदै नया नया प्रविधिको प्रयोगसंगै कृषकलाई आवश्यक पर्ने कृषि उपकरण, मल विउ, सिचाई र उत्पादन भएको कृषि सामाग्रीको बजारसम्मको पहुचलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाले बराहले कृषि उपज तथा पशुपालन प्रा.लिको शुरुवात गरेर कृषिमा लगानी गरेकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा यसले सफताला पाओस् भन्ने शुभकामना समेत दिनुभयो ।

गा

कार्यक्रममाथि प्रकाश पार्दै बराह इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक तथा बराह कृषि उपज पशुपालन प्रा.लिका अध्यक्ष मानबहादुर विश्वकर्माले बराहले व्यापारिक प्रवद्र्धनसंगै सामाजिक कार्यलाई अगाडि बढाएको बताउदै बराह यो अवस्थासम्म आउनु बराह परिवार, बराहका शुभचिन्तक र सञ्चारकर्मीको ठूलो हात रहेको बताउनुभयो । उहाले नुनदेखि सुनसम्म काठमाण्डौ, पोखरा, चितवन, हङकङ, बराइन, युकेसम्मको बराहको स्लोगनले साथर्कता पाएको बताउदै आज भन्दा २३ बर्ष अगाडि धरानबाट व्यवसायिक यात्रा शुरु गरेको बराहले पछिल्लो दिनमा कृषिमा समेत हात हालेको बताउउनुभयो । उहाले झण्डै साढे चार विगहाा क्षेत्रफलमा माछा पालन, गाइपालन, कुखुरा, पालन र धान उपादनमा लगानी गरेको बताउनुभयो ।

उहाले केही समय अगाडि बराहले काठमाण्डौको पाटनमा पत्थर जडित गहना उद्योग सञ्चालन ल्याएको स्मरण गराउदै बराहले उत्पादन गरेका गरगहना विदेश निर्यात गरेर वैदेशिक मुद्रा आर्जनलाई समेत मुख्य लक्ष्य बनाएको बताउनुभयो ।

बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका अध्यक्ष शिवकुमार लामिछानेले बराहको उद्देश्यलाई बराहको शुभचिन्तक, सहयोगी, उपभोक्ताहरुले साथ दिएकैले बराहले दिनप्रतिदिन सफलता हासिल गर्दै गएको बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य सावित्री श्रेष्ठ, उमिता बराइली लगायतले पनि बराह कृषि उपज तथा पशुपालन परियोजनाको प्रशंसा गर्नुभएको थियो । मोरङ्गको तेत्तरियामा रहेको बराह कृषि उपज तथा पशुपालन प्रा.लिमा हाल प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ८५ जनाले रोजगारी पाएका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

सर्दुमा पुल निर्माणले तिब्रता पायो

लिम्बुको थाँत थलो बचाउन लागे लिम्बुहरु

धरानमा एक अज्ञात बालक माथी एसिड प्रहार

धरानमा घरको छतबाट खसेर एक युवक घाइते

धरानमा खुकुरी प्रहारबाट एक युवक घाइते

भारी मात्रामा पटका सहित तीन भारतीय प्रक्राउ (तस्विरहरू सहित)

धरान स्थित सूर्य कत्था उद्योगा आगलागी, आगलागी अझै नियन्त्रणमा आएन (तस्विरहरू सहित)

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

असुरक्षासंगै लागू औषध ओसापसारका केन्द्रविन्दु, चोरी बढ्पछि पत्रङ्गबारीमा प्रहरी विट सञ्चालन

धरानको शक्तिपीठ दन्तकाली मन्दिरमा भक्तजनको भीड

तपाईको प्रतिक्रिया