पाथीभरा जब लिंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बिच सम्झौता

काठमाडौ । पाथिभरा जब लिंक प्रालि इटहरी र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बिच सम्झौता भएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको १ नम्बर प्रदेश कार्यालय इटहरीमा एक कार्यक्रमका बिच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा जब लिंकका प्रबन्ध निर्देषक पवन अधिकारी र इन्स्योरेन्सका १ नम्बर प्रदेश प्रमुख पुष्कर भटराईले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार जब लिंक मार्फत रोजगारीका लागि जाने सम्पुर्णको ५ लाख बराबरको दुर्घटना बिमा निशुल्क गरिनेछ । पहिलो बर्षका लागि बिमांक रकम जब लिंकले तिरिदिने र बाकिका बर्षहरुमा बिमित स्वयम आफैले उक्त बिमांक रकम तिर्नुपर्ने बताए । सम्झौता पश्चात आयोजित कार्यक्रममा बोल्दै जब लिंक प्रालिका प्रबन्ध निर्देषक अधिकारीले सबैको पहुचमा बिमा कार्यक्रम पुग्न नसकेका कारण धेरै अशुरक्षित भएर काम गर्नुपर्ने अवस्था सृजना भएको बताए ।

जब लिंकले बिमा निशुल्क गर्ने योजना ल्याएसंगै बिमाको महत्व झनै बढदै जाने कुरामा जोड दिए । कार्यक्रममा इन्स्योरेन्सका प्रदेश प्रमुख भटराइले जब लिंक संग मिलेर काम गर्न पाउदा निकै उत्साहि भएको बताए । उनले १ नम्बर प्रदेशमै पहिलो पल्ट सुरुवात गरिएको यस कार्यक्रमले धेरै जनालाई फाइदा पुग्ने कुरामा जोड दिए । कार्यक्रममा इन्स्यारेन्सका बिराटनगर शाखाका प्रबन्ध सुरेश भटराई एवम इटहरी शाखाका प्रबन्धक जगत फुयालले समेत बिमाको महत्वका बारेमा प्रष्टयाएका थिए । पाथिभरा जब लिंक इटहरीका ३ महिना अघिबाट सञ्चालमा आएको हो । यस अवधिमा जब लिंक मार्फत धेरैले रोजगारी प्राप्त गरिसकेका छन ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…