पाँचथरमा पेट्रोल अभाव हुँदा टिका लगाउन आवतजावत गर्नेहरु मर्कामा

पाँचथर / दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव खड्किएको छ । दशैंको वेलामा जिल्लाबाट तेल लिन टयाङकरहरुमा नजादां पेट्रोलको अभाव खड्एिको हो । दशै अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको छ ।

जिल्लामा तीन स्थानका पम्पबाट पेट्रोलियम पदार्थ वितरण हुदैं आएको छ । आफन्तकोमा टिका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथिभरा मन्दिरमा गएका दर्शनार्थीहरु प्रत्यक्ष मारमा परेका छन् ।

झापाको विर्तामोड बाट पाथिभरा मन्दिर गएका अनिल तिवारीले भन्नुभयो,“ मन्दिरको दर्शन गर्न भनेर हिडियो तर आज बिच बाटोमै अलपत्र परियो,पम्पमा गयो,पेट्रोल छैन् भन्छन् बाहिर गयो कतै पाइँदैन् अव कसरी जाने हो,दोधारमा परियो ।”

उहाँ मात्रै नभएर अन्य तिर्थयात्रीहरु समस्यामा परेका छन् । यस्तै पाँचथरको याङवरक गाउँपालिका बाट झापाको चन्द्रगढी ससुराली हिँडेका हरि न्यौपाने भन्नुहुन्छ,“ सवै पम्प तिर जाँदा पाइएन् तर बाहिर प्रति लिटर १ सय ५० रुपैयाका दरले पेट्रोल पाइयो,नभएपछि त्यहीँ भएपनि लगाएर जान बाध्य भएँ ।”

पेट्रोलपम्पमा पेट्रोल नभएपनि कृत्रिम अभाव सिर्जना गरेर बाहिर ब्यापारीले खुलेआम विक्री गर्दा पनि सम्वन्धित निकाय भने मौन रहेको स्थानियको गुनासो

छ । तर तीनओटै पम्पमा पेट्रोल दुईदिन अघिनै सकिएको सदरमुकाम फिदिममा तेल वितरण गर्दै आउनुभएका इन्द्रायणि अटो मोबायल्सका विक्रेता टोकनाथ तामाङले वताउनुभयो । उहाँले भन्नुभयो,“तेल लिन टयाङकर नजांदा दशैंको अन्त्यतिर अभाव भएको हो ।

पाँचथरमा पूर्वी नाका काकरिभिटा हुदैं भारतबाट पेट्रोलियम पदार्थ आयात हुदैं आएको छ ।

जिल्लामा पेट्रोल आयात गरेर विक्रि गर्न अझै दुईदेखि तीन दिनसम्म समय लाग्ने विक्रेताहरुले वताएका छन् । जिल्लामा प्रतिदिन पाँच हजार लिटर हाराहारिमा पेट्रोल खपत हुने विक्रेताहरु वताउछन ।

तपाईको प्रतिक्रिया