पाँचथरका तीन जलविद्युत आयोजना केन्द्रीय प्रसारणमा जोडिदै,

पाँचथर / पाँचथर जिल्लाका तीन जलविद्युत आयोजना विद्युत उत्पादनको चरणमा पुगेका छन् । ५७ मेघावटका यि आयोजनाको आन्तरीक अन्तिम टेष्टको काम भईरहेको प्रवद्र्धक कम्पनीहरुले जानकारी दिएका छन् । बैशाख भरीमा यि आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणमा जोड्ने गरी तयार हुने उनीहरुको भनाई छ । २५ मेघावटको कावेली वि–१, २२ मेघावटको तल्लो हेवा र १० मेघावटको इवाखोला जलविद्युत आयोजना केन्द्रीय प्रसारणमा जडान गर्नकालागि तयारी अवस्थामा पुगेका हुन ।

यि आयोजनाबाट उत्पादन हुने विद्युत अबको दुईमहिनासम्ममा केन्द्रीय प्रसारणमा जडान गरिसक्ने योजना रहेको छ । आयोजनाहरु बाट उत्पादन विद्युत विद्युत प्रसारण लाईन कावेली करीडोरमाफर्त केन्द्रीय प्रसारण जोड्नु पर्ने छ । तर कावेली करीडरको काम सकिएको छैन । प्रसारणलाईन सकिने हो भने बैशाखभित्रमानै विद्युत उत्पादन थाल्न सक्ने अवस्था रहेको प्रवद्र्धक कम्पनीहरुको भनाई छ ।

फिदिमको थापाटारमा रहेको सवस्टेशनसम्मको काम सकिएर टेष्टहरु भईरहेको करीडोरका आयोजना प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो । तल्लो हेवा जलविद्युत आयोजना थापाटारको सवस्टेशनमा जोडिने छ । तर थापाटारदेखि अमरपुरसम्मको सवस्टेशनको काम भने अझै केहि समय लाग्ने द्विवेदीले जानकारी दिनुभयो । यो सवस्टेशनमा कावेली वि–१ र इँवाखोला जलविद्युत आयोजना जोडिने छ । जेठभित्रमा कामसकिने द्विवेदीले उहाँको भनाई छ । फिदिमको थापाटारसम्मको प्रसारणलाईनको काम अन्तिम चरणमा पुगेकाले कावेली वि–१ र इँवा खेला जलविद्युत आयोजनालाई भने अमरपुरसम्मको काम सकिनै पर्छ । केहि दिनमा थापाटारसम्मको पुरा हुने आयोजना प्रमुख द्विवेदीले बताउनुभयो । जेष्ठ मसान्तभित्र काम जसरी सक्ने भरी काम भईरहेको उहाँको भनाई छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…