नेपाल विज्ञापन संघको अध्यक्षमा रिजाल

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को १८औं वार्षिक साधरणसभाले कि एडभरटाईजिङ एजेन्सीका रविन्द्रकुमार रिजाल (शशि) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्न सफल भएको छ ।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पिताम्वर पोखरेल (विजय) र सहकोषाध्यक्षमा पंकज प्रधान चयन भएका छन्। कोषाध्यक्षमा भने पोखरेल र यमुना पौडेलबीच प्रतिस्पर्धा भएको थियो। कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी भने निर्विरोध निर्वाचित भए ।

कार्यसमिति सदस्यहरुमा रोशन प्रसाईं, रमेश पुरी, विशालपुरुष ढकाल, किरण गैरे, अरुणकाजी स्थापित र सन्तोष खड्का चयन भएका छन् । कार्यसमितिले आगामी ३ वर्ष आनको नेतृत्व गर्नेछ ।

तपाईको प्रतिक्रिया