नेपालमा सहकारी धेरै सफलः मन्त्री पण्डित

बिराटचौक । सहकारी आन्दोलन अन्य ठाउमा भन्दा नेपालमा धेरै सफल भएको संघिय मामिला तथा प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन । आइतबार मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मोरङको आयोजनामा भएको २ दिने प्रथम साकोस गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै पण्डितले सहकारीप्रति बिश्वास पनि बढ्दै गएको बताए । मन्त्री पण्डितले नेपालमा आइएनजीओ र सहकारीबिचको तुलना गर्दै आइएनजीओ धैरै भएर नानाथरीको लफडा ल्याउने कार्य गरेको आरोप लगाए ।

सहकारीले भने आर्थिक क्षेत्र, तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको पण्डितले बताए । तर केही सहकारी भने अमेरिका भागेपछि मात्रै थाहा हुने र त्यसले बदनामी पनि गर्ने र त्यस्तालाई दण्डित पनि गर्नुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै मन्त्री पण्डितले एउटै ब्यक्ति एक भन्दा बढि सहकारीको सदस्यता हुँदा सहकारी आन्दोलनमा अप्ठयारो पर्ने पनि बताए । भारततिर कतिपय किसानहरु आत्महत्या गर्ने अवस्थामा पुगेको देखिएको बताउदै मन्त्री पण्डितले कहिपनि कसैले पनि झन अप््ठेरोमा पर्नेगरी केहि काम नर्गन सुझाब दिए ।
सहकारीको संख्या घटाएर शक्ति बढ्छ भने शक्ति बढाउने तर्फ लाग्नुपर्ने नभए व्यवस्थापनमा बढि खर्च हुने भएकाले फल कम फल्ने र लगानिकर्ताले मार खेप्नुपर्ने खतरा उत्पन्न हुने तर्फ सचेत हुनुपर्ने उनले बताए । सहकारीले राम्रो कार्य गरि साथ दिने बाताबरण सहकारीमा भए सधै आफु सहकारी आन्दोलनमा साथ रहने पनि मन्त्री पण्डितले बताए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मोरङको आयोजनामा २ दिने प्रथम साकोस गोष्ठी आईतबार प्रारम्भ भएको छ ।

बैशाख ३० र ३१ गते संचालन हुने साकोस गोष्ठीको आइतबार संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रमुख आथित्यतामा उदघाटन भएको छ । सुन्दरहरैचा नगरपालिकाको बिराटचौकमा अवस्थित जेसिज भवनमा भएको कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मोरङ अध्यक्ष हरिप्रसाद सुवेदीको सभापतित्वमा संचालन भएको हो ।

गोष्ठीमा कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव रघुराम विष्ट, राष्ट्रिय सहकारी महासंघ अध्यक्ष तथा राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष रमेश पोख्रेल, सुन्दर हरैचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, लगायत मोरङ जिल्ला भरिका सहकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको छ । सो साकोस गोष्ठीमा सहकारी प्रबद्र्धनमा नयाँ सहकारी ऐन, उद्यमसिलताका लागी बर्तमान अवस्था, चुनौति र अवसरहरु, सहकारीमा जोखिम व्यबस्थापन र आन्तरिक शुसासन र लेखा सुपरिवेक्षण समितिको भुमिकाका कार्यपत्र प्रस्तुत गर्ने आयोजक समितिका सदस्य बिष्णुप्रसाद ओझाले जानकारी दिएका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया