निलगिरी गोर्खा रेस्टुरेन्ट सञ्चालनमा

इटहरी / प्रदेश एक मै लोकप्रिय गोर्खा डिपार्टमेन्ट अन्तर्गत रहेको गोर्खा होटेलको टपमा सोमबारदेखि निलगिरी गोर्खा रेस्टुरेन्ट सञ्चालनमा आएको छ । २५ देखि ३० जनासम्म बसेर खान मिल्ने गरी रेस्टुरेन्ट सञ्चालनमा आएको हो । कोरोना महामारीले होटेल व्यवसायमा पारेको असर क्रमशः उठ्ने अवस्थामा रहेको कारण फरक सुविधासहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको निलगिरी गोर्खा रेस्टुरेन्टका सञ्चालक बलराम आचार्यले जानकारी दिए । इटहरीमा खुलेका अन्य रेस्टुरेन्ट भन्दा पृथक् परिकार र सेवा यस रेस्टुरेन्टले दिने उनको भनाई छ ।

उनका अनुसार रेस्टुरेन्टबाट पुरै इटहरीको दृश्यावलोकन गर्न सकिने छ । यसको लागि यहाँ दूर बिनको व्यवस्था समेत गरिएको छ । सामान्य घरमा खाने स्थानीय खानेकुराका विशेष मेन्यु बनाएर प्रस्तुत गर्ने रेस्टुरेन्टको योजना छ । जाडो याममा भन्दा गर्मी याममा यो रेस्टुरेन्ट उपयुक्त हुने जनाइएको छ । रेस्टुरेन्टमा जन्मदिन, वार्षिक उत्सव जस्ता कार्य गर्न समेत उचित हुने बताइएको छ ।

साथै आउँदै गरेको प्रणय दिवसका दिन यहाँ विशेष संगितिक कार्यक्रम, लाइभ ग्रिल लगायतका कार्यक्रम आयोजना गर्ने रेस्टुरेन्टका सञ्चालन आर्चायले जानकारी दिए ।

तपाईको प्रतिक्रिया