निगुरोले धानेको जिवन…

करोडौको निगुरो निर्यात

पथरी । मोरङको कानेपोखरी गाउँपालिका ७ र लेटाङ नगरपालिका ३ अन्र्तगत पर्ने सामुदायिक बन र साझेदारी बन क्षेत्रमा निगुरो टिपेर धेरैले जीवन धानिरहेका छन । पुर्वपश्चिम राजमार्गबाट ३ किलोमिटर उत्तर तर्फको जंगल क्षेत्रमा लेटाङ र कानेपोखरीको सिमानामा पर्ने सामुदायिक बन र साझेदारी बनमा बिहानको ६ देखि १० बजे सम्म निगुरो बेच्ने र किन्नेहरुको बजार नै लाग्ने गरेको छ । बर्षमा ४ महिना जेठदेखि भदौ सम्म उक्त जंगलमा निगुरो टिप्नेको भिड लाग्ने गरेको छ ।

१० बर्षका बालबालिकादेखि ६८ बर्षका सम्मका वृद्घाहरुले दैनिक ४० मुठा सम्म निगुरो टिप्ने गर्छन । टिपेको निगुरो साढे १२ रुपैयाको दरले खरिद गरि नेपालको विभिन्न स्थानमा बेच्ने खरिदकर्ताले लाने गरेको खरिदकर्ता बताउँछन । सो निगुरो बजारमा जाँदा ढुवानी सहित २५ रुपैया मुठा थोक बिक्रतालाई पर्ने गरेको ठेकेदार बताउँछन ।

उक्त वनबाट आयआर्जन गर्ने एक जना साना निगुरो टिप्ने ब्यत्तिको मासिक आम्दानी ३० हजार सम्म हुने गरेको छ । पुर्वोत्तर मोरङबाट करोडौ बरावरको निगुरो निर्यात हुने गरेको जिल्ला वन कार्यलय मोरङका अधिकृत डा. विनोद देवकोटाले बताए ।

वर्षमा एक सिजन मात्र हुने वनको निगुरोले राम्रै आम्दानी हुने गरेको ब्यापारीहरु बताउँछन । लेटाङ र कानेपोखरीको सिमानामा पर्ने वनको निगुरो खरिद गरि काठमाडौं लादा एक लटमा खर्च काटेर १ लाख देखि १ लाख ५० हजार सम्म हुने ब्यापारीहरु बताउँछन । एक सिजनमा (१ वर्षमा )४ महिना मात्र उत्पादन हुने भएकाले बिहान १० बजे सम्म बालबालिका देखि वृद्घाहरु निगुरो टिप्ने र १० बजेपछि बालबालिका स्कुल जाने र वृद्घाहरु खेती किसानमा लाग्ने गरेका छन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी असुरक्षित र अशान्त बन्दा सिंघमको चर्चा

पथरीशनिश्चरेका ५० प्रतिशत निजी बिध्यालय बिनाअनुमती कक्षा संचालन

प्रहरी स्कटिङ मै नम्बर प्लेट बिनाकाे गाडी ! , किन यस्ताे भन्दा उल्टै गाडीमा सबार भारतीय मूलका जस्ता देखिने व्यक्तीहरू द्वारा दुर्ब्यहार ( ८ तस्विरहरू सहित)

पथरीमा खुल्ला नकाउट फुटवल हुने

मोरङको कानेपोखरीमा झोलुङ्गे पुल बन्ने भएपछि स्थानियहरु हर्सित

सरकार बिकासे गतिमा जनताको साथमा : प्रधानमन्त्रीको आव्हान

सुनबर्शीमा प्रदेश स्तरिय तेश्रो ढल्के जोवन गोल्ड कप आयोजना हुने, प्रथम पुरस्कार २ लाख ११ हजार

प्रधानमन्त्री आउने भएपछि रातरात वाटो कालोपत्रे

लेटाङमा एक बालिका बलात्कृत

बनको जग्गामा नेम्वाङको ट्रायल सेन्टर

तपाईको प्रतिक्रिया