नगदेबाली तर्फ आकर्षित हुँदै कृषकहरू

तेह्रथुम / खेतीयोग्य जमिनमा अन्नबाली मासेर नगदेबाली तर्फ आकर्षित बन्न थालेका छन । गाउँमा युबाहरु बिभीन्न रोजगारको खोजीमा गर्दै पलायन भए सँगै जिल्लाको ग्रामिण क्षेत्रका कृषकहरु पछिल्लो समय अन्नबाली मासेर नगदेबालीलाई रोज्न थालेका हुन ।

कडा परिश्रम गरे पनी मेहनत उठाउन समस्याले हैरानी खेप्दै आएका कृषकहरु बैकल्पिक खेतीको खोजी गर्दै नगदेबाली तर्फ लाग्न थालेको फेदाप गाउँपालिकाका राज कुमारी ढकालले बताए । उनले ५ बर्षयता अन्नबालीको सट्टा नगदेबाली सुरु गरेकी छिन् । मकै,कोदो,धान लगायतका अन्नबालीले राम्रो आम्दानी नभएकाले जिल्लाको ग्रामिण क्षेत्रका कृषकहरु नगदेबाली गर्न थालेको ढकालले बताईन् । स्थानीय तहहरुको केन्द्रहरु गाउँ गाउँमा भए सँगै बजारीकरणमा राहात पाएका कृषकहरुले उत्पादन गरेको कृषीजन्य सामाग्री बिक्रीका लागी सदरमुकाम पुर्याउन पर्ने बाध्यता टर्दै गएको कृषकहरुले बताउने गरेका छन ।

कृषकहरुले अन्नबालीको साट्टा अकबरे,अदुवा,अम्लिसो,अलैची,आलु बन्दा,काउली, तथा फलफुल तथा तरकारीबाली लगाउँदै आएका छन । अन्नबालीका गर्न गाउँमा अर्मपर्ख नपाईने समस्याका कारण नगदेबाली रोज्नु परेको छथर गाउँपालिका १ का डालेश्वर लिम्बुले बताए । बर्ष देखी नगदेबाली गर्दै आएका लिम्बु जस्तै गाउँभरीका कृषकहरुले तरकारी खेती गरी बर्षेनी लाखौ रुपैयाँ भित्र्याउने गरेका छन । उत्पादन भएको बस्तु खरिदका लागी ब्यापारीहरु गाउँमै आउने गर्छन् बजारको लागी भौरिनु पर्दैन भन्छीन् लालीगुराँस नगरपालिकाका लिला लिम्बु ।

गाउँ गाउँमा सडक सञ्जालहरुको बिस्तार सँगै कृषकहरुले उत्पादन गरेको कृषीजन्य सामाग्री ढुवानीमा राहात मिलेको कृषकहरुले बताउने गरेका छन । कृषकहरुले २ रोपनी देखी ३० रोपनी जमिनका नगदेबाली गर्दै आएका छन । पछिल्लो समय यहाँका कृषकहरु ब्याबशायिक रुपमा नगदेबाली गर्ने उदेश्यका साथ मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी आम्दानीको श्रोतको रुपमा लिन थालेका छन ।

कृषी बिकास कार्यलय तथा गाउँ र नगरपालिकाहरुले कृषी क्षेत्रमा बिनियोजन गरेको रकमबाट समुह सहकारीहरुले स्कीम तयार गरी कृषकहरुलाई बिभीन्न सामाग्रीहरु अनुदान दिँदै आएको कृषी कार्यलयले जनाएको छ । सुख्खाग्रस्त क्षेत्रका लागी प्लाष्टिक पोखरी तथा टनेल प्रदान गरीको साथै बिभीन्न फलफुल तथा तरकारीको बिउ बिजनहरु कृषी सेवा केन्द्रहरुले प्रदान गर्दै आएको सेवा केन्द्रहरुले जनाएका छन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

राज्यको आँखा पुग्न नसकेको तेह्रथुमको कटके बस्ती

पूर्वाञ्चल सिङ्गिङ स्टार–६ को अडिसनमा तेह्रथुमबाट १५ जना छनौट

सडक र्मतमा स्वतस्पुर्त जनप्रतिनिधि र स्थानीय जुट्दै

जोखिम मोल्दै अलैची किसान

ढाका व्यावसायमा महिलाहरुको आकर्षण

छथरमा देशकै पहिलो प्रधानमन्त्री पार्क बन्ने

छथर सुक्रबारेमा भदौ पुर्णीमाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रम हुने

मास्टर्स पढेका नारायणले जागिरको सट्टा रोजे अलैची खेती

तेह्रथुममा राँके मेलाको अबसरमा खुल्ला नत्य प्रतियोगिता सम्पन्न

लिम्बु समुदायकोे मौलिक पर्ब सिसेक्वा ताङनाम मनाउँदै

तपाईको प्रतिक्रिया