धरान कांग्रेसले जितेका ५ वटा वडामा पञ्चिकरणको काम निशुल्क

धरान / धरान उपमहानगरपालिकाले आर्थिक ऐन ०७५ लागू गर्दै करमा वृद्धि गर्दै जन्मदर्ता, मृत्यु दर्ता तथा विवाह दर्ता जस्ता पञ्जिकरणमा समेत शुल्क लिने निर्णय गरे पनि नेपाली कांग्रेसले जितेका ५ वटा वडामा भने पञ्चिकरणको काम निशुल्क गर्ने जनाएका छन् ।

२० वडा भएको धरान उपमहानगरपालिकामा कांग्रेसले जितेको १ नं. वडाका वडा अध्यक्ष रोशन अधिकारी, २ नंं वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, वडा नंं ५ं का सन्तोष लिम्बु, १४ नंं का कृष्ण प्रसाद भट्राई र १८ नंं वडाका नरेन्द्र राई (प्रवीण) ले वडामा हुने सबै प्रकारका पञ्जिकरणका काममा शुल्क निलिने घोषणा गरेका छन् ।

उनीहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै सम्बन्धित वडाका सर्वसाधारणलाइ सो बारे जानकारी गराएका हुन् । कांग्रेसले धरान उपमहानगरपालिकाले वृद्धि गरेको करको विषयमा गत शनिवारदेखि चरणवद्ध आन्दोलन गरेको छ । शनिवार विरोध ¥याली निकालेका उनीहरुले आइतबार वृद्धि भएको कर फिर्ता गर्न धरान उपमहानगरपालिकालाई १० दिने अल्टिमेटम समेत दिइसकेका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

सर्दुमा पुल निर्माणले तिब्रता पायो

लिम्बुको थाँत थलो बचाउन लागे लिम्बुहरु

धरानमा एक अज्ञात बालक माथी एसिड प्रहार

धरानमा घरको छतबाट खसेर एक युवक घाइते

धरानमा खुकुरी प्रहारबाट एक युवक घाइते

भारी मात्रामा पटका सहित तीन भारतीय प्रक्राउ (तस्विरहरू सहित)

धरान स्थित सूर्य कत्था उद्योगा आगलागी, आगलागी अझै नियन्त्रणमा आएन (तस्विरहरू सहित)

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

असुरक्षासंगै लागू औषध ओसापसारका केन्द्रविन्दु, चोरी बढ्पछि पत्रङ्गबारीमा प्रहरी विट सञ्चालन

धरानको शक्तिपीठ दन्तकाली मन्दिरमा भक्तजनको भीड

तपाईको प्रतिक्रिया