धरानमा पुष्प व्यापार मेला सुरु

धरान  / पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबार देखि सुनसरीको धरान स्थित अमान बजार परिसरमा १ नम्बर प्रदेश स्तरिय तेस्रो पुष्प व्यापार मेला शुरु भएको छ । नेपाल फ्लोरिकल्चर एशोसियन सुनसरी जिल्ला शाखाले आयोजना गरेको पुष्प मेलाको प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री जगदिश प्रसाद कुसियतले उदघाटन गर्नुभएको छ । मेलामा ३२ वटा स्टलमा प्रदेशका विभिन्न जिल्लाबाट आएका पुष्प व्यवसायीहरुले स्टल राखेका छन् ।

मेलामा १० रुपैया देखि डेढ लाख रुपैया सम्मका विभिन्न प्रजातीका फुलहरु बिक्रिका लागि राखिएको छ । मेलाको उदघाटनका क्रममा पुष्प व्यवसायलाई प्रवद्र्धन गर्न सरकारले वेवास्ता गर्दा सोचे जस्तो उपलब्धी हासिल गर्न नसकिएको फ्लोरीकल्चर एसोसिएसनका केन्द्रीय अध्यक्ष कुमार कसजुले बताउनुभयो । फागुन १२ गते सम्म चल्ने मेलाको उदघाटनको अवसरमा धरानमा फुल लगाएर वडा, टोल तथा घर सजाउने पुष्प पारखीहरुलाई सम्मान गरिएको छ ।

फुल सजाउनेमा ८ नम्बर वडा उत्कृष्ट बनेको छ भने टोल सजाउनेमा धरान १० स्थित कलेज रोड र घर सजाउनेमा वडा नम्बर १६ कि कोपिला देवान उत्कृष्ठ बनेका छन् । उनीहरुलाई धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले सम्मान पत्र सहित ट्रफि प्रदान गर्नुभएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

बराहक्षेत्र चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु, मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरानदेखि विष्णुपादुका भन्ज्याङसम्म पुग्ने २३ किलोमिटर कच्ची सडकको स्तरान्नति हुँदै

सुख्खा मौसम आएसंगै धरानमा पानीको चरम अभाव

पौष १६ देखी धरानमा इन्द्र वराह मेमोरियल एमच्योर ओपन गल्फ प्रतियोगिताकाे पाचौ संस्करण

वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री यादव, राजनीतिक आवरण नभिरेको ब्यक्ती भिसि नियुक्ती गर्न प्रतिष्ठानका पदाधिकारीहरूकाे माग

धरान स्थित हार्डवेयर पसलमा आगलागी

तपाईको प्रतिक्रिया

Loading…