धरानमा अर्गानिक तरकारी बजार

धरान । पछिल्लो समयमा कृषकहरुले रसायनिक मल प्रयोग गरी उत्पादन गरिएका सागसब्जी बजारमा छ्यास्छ्यास्ती विक्री वितरण गर्न थालेपछि धरानका कृषक, व्यापारी मिलेर साप्ताहिक आर्गननिक बजार सञ्चालन गर्न थालेका छन् ।

दुई बर्ष अगाडिदेखि नै धरान ५ बसन्तटारलाई आर्गनिक खेती उत्पादनको क्षेत्र बनाउने अभियानमा लागेका कृषक कृष्ण राईको सहयोग तथा कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष काजी गिरीको पहलमा धरान १२ मा रहेका अमान बजारमा प्रत्येक शनिवार आर्गनिक कृषि उत्पादनको बजार सञ्चालनमा आएको हो ।

कृपक राईकै पहलमा अहिले साविकको पाचकन्या गाविस र हाल धरान उपमहानगरपालिकामा पर्ने बसन्तटार लगायत आसपासका स्थानमा उत्पादन गरिएका जैविक मल प्रयोग गरी उत्पादन गरिएका सागसब्जी, सिस्नोको चिया, आफ्नै घरमै पालिएका गाई भैसीबाट उत्पादन भएका दूध, घिउ, दूधबाट बनाइएका चकलेट, अचार, गेडागुडी लगायतका बस्तुहरु यस बजारमा सर्वसुलभ ढंगले पाइने सञ्चालक काजी गरीले बताउनुभयो । रसायिनक मल प्रयोग गरी उत्पादन गरिएका कृषि सामाग्री, अखाद्य वस्तु प्रयोग गरी बनाएका खाद्य सामाग्रीको प्रयोगमा कमी ल्याउने उद्देश्यले धरान आपासका वसन्तटार लगायतका क्षेत्रका जैविक मल प्रयोग गरी उत्पादन भएका कृषि समाग्री यस बजारमा विक्री वितरण गरिने सञ्चालक गिरीले बताउनुभयो ।

बसन्तटारलाई आर्गनिक खेतीको रपमा चिनाउने अभियानमा लाग्नु भएका कृषक कृष्ण राईले आर्गनिक उत्पादनलाई बजारसम्म पु¥याई उपभोक्तालाई सहज र सरल रुपमा विक्री वितरण गर्ने उद्देश्यले नै यो बजार सञ्चालन गरिएको बताउनुभयो । जैविक मल प्रयोग गरी उत्पादन गरिएको कृषि समाग्री स्वस्थ हुने भएकोले बजार सञ्चालन गरेर सर्वसाधारणलाई स्वास्थ्य सागसब्जी खुवाउने आफूहरुको पहलो उद्देश्य भएको उहाले बताउनुभयो ।

रसायनिक र विषादीको प्रयोगबाट खेति गर्दा माटोको उर्वराशक्तिमा ¥हास आउने भएकोले पनि अहिले वसन्तटारका सम्पूर्ण घर परिवार सबै नै आर्गगनिक खेतितर्फ आकर्षित लागिसकेको समेत उहाले बताउनुभयो ।

नेपालमै पहिलो पटक साप्ताहिक रुपमा सञ्चालन भएको आर्गनिक साप्ताहिक बजारबाट सबैले लाभ लिनुपर्नेमा चिकित्सकहरुले बताएका छन् । विषादी र रसायिनक मल प्रयोग गरी उत्पादन भएका कृषिजन्य वस्तु प्रयोग गर्दा मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या तथा क्यान्सर समेत हुने गरेकाले यस्ता वस्तुको प्रयोगको सट्टामा आर्गनिक वस्तु प्रयोग गर्दा स्वथ्थ रहन मद्दत पुग्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुती विभागका प्रमुख डा. मोहनचन्द रेग्मीले बताउनुभयो ।

यो बजार सञ्चालनसंगै आर्गनिक खेतितर्फ आकर्षित हुने कृषकले बजार पाउने र उत्पादनमा अझ हौसला अनुमान गरिएको छ । आर्गनिक बजारको उद्घाटन सुनसरी क्षेत्र नंं. १ का प्रतिनिधिसभा सदस्य जयकुमार राईले गर्नुभएको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान स्थित सूर्य कत्था उद्योगा आगलागी, आगलागी अझै नियन्त्रणमा आएन (तस्विरहरू सहित)

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

असुरक्षासंगै लागू औषध ओसापसारका केन्द्रविन्दु, चोरी बढ्पछि पत्रङ्गबारीमा प्रहरी विट सञ्चालन

धरानको शक्तिपीठ दन्तकाली मन्दिरमा भक्तजनको भीड

मितेरी बैंककाे १३ औ बार्षिकोत्सवको अवसरमा अनाथ बालबालिालाई कपडा वितण

दशै नजिकिदै जादा धरानमा कालो बजारी बढ्यो

विकासको नाममा अवैध ढुंगा गिटी तथा बालुवा तस्करी

गोले तामाङहरूको प्रदेश भेला सम्पन्न

दशै बढेसंगै खसी बोकाको विक्री बढ्यो : कृषकले भाउ पाएनन् विचलियाको विगविगी

दशै, तिहार तथा छैठ पर्व शान्तिपूर्ण मनाउने अभियानमा जुटे श्यामचौकबासी

तपाईको प्रतिक्रिया