दुबईको सुप्रसिद्ध ब्रान्ड ‘सुपर जेनेरल’ अब नेपालमा

बिराटनगर / दुबईको सुप्रसिद्ध ब्रान्ड ‘सुपर जेनेरल’का सामाग्रीहरू नेपाली बजारमा  भित्राएको छ  । नेपालका लागि आधिकारिक बितरक गोल्छा अर्गनाइजेशन अन्तर्गत भुदेब ट्रेडिंगले नेपाली बजारमा साे ब्रान्डका सामानहरू भत्राएकाे हाे । संसारभरि ५० देशहरूमा फैलिएको, ‘सुपर जेनेरलका सामानहरू  दुबई मुख्य कार्यालय रही रहेकाे ‘सुपर जेनेरल’ मिडल इस्टकै सुप्रसिद्ध ब्रान्ड हाे ।

३० बर्ष पुरानाे ब्रान्ड ‘सुपर जेनेरल’का सामानहरू नेपालका प्रमुख सहरहरू काठमान्डाै, धनगडी, पाेखरा, चितवन, बिराटनगर, इटहरी, धरान तथा भद्रपुर लगायतका स्थानहरूमा अफ्नाे आउटलेट समेत स्थापना गरिसकेकाे छ ।

हरेक सामानमा फयुज सिष्टम लगायत बिशेष प्रबिधी रहेकाे हुनाले यसका सामानहरू उत्कृष्ठ रहेकाे कम्पनिले जनाएकाे छ । ‘सुपर जेनेरल’ ब्राण्डका वासिंग मेसिन, एसी, ग्यास गिजर, कविंग रेञ्ज, वाटर डिस्पेन्सर, माईक्रोवेभ ओभन, एअर कटेन, लगायतका सामानहरु सर्बाधिक रुचाउनुका साथै ती सामानहरुमा १ बर्षदेखि १० बर्षसम्मको वारेन्टी रहेको छ ।

सामान बेच्ने भन्दा पनि सर्भिषकाे कुरामा उच्च प्राथमिकता दिएकाे कम्पनीका रिजनल म्यानेजर दशरथ चौधरी बताउँछन् । चाैधरीका अनुसार जुनसुकै स्थानमा पनि १२ घण्टाभित्र सर्भिस सुबिधा उपलब्ध गराउन कम्पनी सक्षम छ । नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ‘सुपर जेनेरल’नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौँ’–भुदेव ट्रेडिंडका निर्देशक देबआशिष गोल्छा ले भने ।

तपाईको प्रतिक्रिया