दुबईको प्रसिद्ध ब्राण्ड ‘सुपर जेनेरल’का सामानहरू अब बिर्तामोडमा

झापा । झापाकाे बिर्तामोडमा दुबईको प्रसिद्ध ब्राण्ड ‘सुपर जेनेरल’का सामानहरू बिक्रीबितरण सुरू भएकाे छ । नेपालका लागि आधिकारिक बितरक गोल्छा अर्गनाइजेशन अन्तर्गत भुदेब ट्रेडिंगले नेपाली बजारमा भित्र्याएको सो ब्राण्डका सामानहरू बिर्तामोडमा स्थित एसजी इलेक्ट्रोनिक्सले बिक्रीबितरण शुरू गरेको हो ।

विर्तामोडका व्यवसायी लक्ष्मण शिवाकोटी , गरामनीका व्यवसायी कुमारप्रसाद सिटौला , बुट्टावारीका व्यवसायी निपेश गौतमले एक करोड रुपैयाँको लगानीमा शनिश्चरेरोडमा सञ्चालनमा ल्याएको एसजी इलेक्ट्रोनिक्सले शुक्रबारबाट दुबईको प्रसिद्ध ब्राण्ड ‘सुपर जेनेरल’का सामानहरूको बिक्री शुरु गरेको हो ।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी , सचिव रवीन भट्टराई लगायतले एसजी इलेक्ट्रोनिक्सको उद्घाटन गरेका थिए ।  कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले अन्तर्राष्ट्रिय ब्राण्ड ‘सुपर जेनेरल’ का सामानहरु बिर्तामोडको एसजी इलेक्ट्रोनिक्समा उपलब्ध हुनु खुशीको कुरा भएको बताए ।

मिडल इस्टकै सुप्रसिद्ध ब्राण्ड ‘सुपर जेनेरल’

३० बर्ष पुरानाे दुबईको प्रसिद्ध ब्राण्ड ‘सुपर जेनेरल’ संसारभरि ५० देशहरूमा फैलिएको मिडल इस्टकै सुप्रसिद्ध ब्राण्ड हाे । हरेक सामानमा फ्युज सिष्टम लगायत बिशेष प्रबिधी रहेको हुनाले यसका सामानहरू उत्कृष्ट रहेको छ ।

‘सुपर जेनेरल’ ब्राण्डका वासिंग मेसिन, एसी, ग्यास गिजर, कुकिङं रेञ्ज, वाटर डिस्पेन्सर, माईक्रोवेभ ओभन, एअर कटेन, फ्रिज लगायतका सम्पूर्ण इलेक्ट्रोनिक्सका सामानहरु ग्राहकहरुले सर्बाधिक रुचाउनुका साथै ती सामानहरुमा १ बर्षदेखि १० बर्षसम्मको वारेन्टी रहेको कम्पनिले जनाएकाे छ ।

 

तपाईको प्रतिक्रिया