दिपज्योती सामुदायिक वन उपभोक्ता समुहकाे आयब्यय सार्वजनिक

मोरङ्ग  /  मोरङ्गको केराबारी ७ स्थित दिपज्योती सामुदायिक बन उपभोक्ता समुहले ३२ लाख ५३ हजार ५सय रुपैया बराबरको आयब्यय सार्वजनिक गरेको छ। समुहको १६औँ साधारण सभाको अवसरमा आयब्यय सार्वजनिक गरिएको हो। साधारण सभामा समुहका अध्यक्ष डेसबहादुर कार्कीले अध्यक्षको प्रतिबेदन सार्वजनिक गर्नुभएको थियो। अध्यक्ष कार्कीले समुहले योजना अनुसार काम गर्न नसकेको भन्दै बन बिस्तारका लागि आवश्यक काम गर्नलाई बिविध समस्याले साथ नदिएको बताउनुभयो। अध्यक्ष कार्कीले नयाँ बिरुवा हुर्काउन बाँदरले उखेलेर बिनास गरेको झाडि बढेर बिरुवा भनेजस्तो नहुर्किएको बताउनुभयो।

१६ औँ साधारणसभामा समुहकी अध्यक्ष रेखा बिश्वकर्माले ३२ लाख ५३ हजार ५सय रुपैया बराबरको आयब्यय सार्वजनिक गर्नुभयो। कोषाध्यक्ष बिश्वकर्माले २०लाख १० हजार ३२ रुपैँया बराबरको आय र १२ लाख ४३ हजार ४सय ६८ रुपैँया बराबरको खर्च प्रस्तुत गर्नुभयो।

कोषाध्यक्ष बिश्वकर्माले बन पैदारवार बिक्रीबाट १९ लाख ४२ हजार २ सय १२ रुपैँया आम्दानी भएको यस्तै उपभोक्ताबाट १७हजार ८सय २०रुपैँया र जिल्ला बन कार्यालयबाट ५० हजार रुपैँया प्राप्त भएको बताउनुभयो। यस्तै बन बिकास तथा संरक्षणमा ४लाख ४९हजार ६सय ३६ रुपैँया, बन पैदावार ब्यवस्थापनमा ५लाख ४४हजार ६१ रुपैँया, प्रशासकीय तथा सञ्चालन तर्फ २लाख ३५ हजार २सय ७१ रुपैँया र मुगु खोला नियन्त्रण, मन्दिरलाई सहयोग, गरिव उपभोक्तालाई झुल सहयोग, बिद्यालय भवन निर्माण सहयोग आदिमा ३४ हजार ५सय खर्च गरिएको बिवरण प्रस्तुत गर्नुभयो।

Purbeli TV

तपाईको प्रतिक्रिया