दशैको अवसरमा गोरखा डिपार्टमेन्ट स्टोरमा बिशेष छुटको ब्यबस्था

इटहरी । नजिकिदै गरेको दशैंको अवसरमा गोरखा डिपार्टमेन्ट स्टोरले विभिन्न छुट योजना सार्वजानिक गरेको छ । यो योजना गोरखा डिपार्टमेन्ट स्टोरका सबै शाखाहरू इटहरी, धरान, बिराटचोक, पथरी र दमक शाखाले विशेष छुट दिने भएका हुन् ।

दसैको समयमा बढी किनमेल हुने भएकाले ग्राहकको सुविधाका लागि विशेष छुटको व्यवस्था मिलाइएको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यले बताए । सधैँ ग्राहकलाई ध्यानमा राखेर व्यवसाय गर्ने भएकाले दसैँमा थेरै भए पनि ग्राहकलाई सहुलियत होस भनेर छुट दिइएको उनको भनाई छ ।

डिपार्टमेन्ट स्टोर सबै शाखाहरूमा लागु हुने गरी असोज १० गते देखी १९ गते सम्म विभिन्न सामानमा भारी छुट दिइएको छ । सञ्चालक आचार्यका अनुसार गिफ्ट, स्टेसनरी, इलेक्ट्रोनिक, किचन वेयर, खेलकुदका सामग्री, एक वर्ष भन्दा साना बालबालिकाका आइटम, लेडिज तथा जेन्स कपडा, जुत्ता चप्पल लगायतका सामानमा दश प्रतिशत सम्म छुट दिइनेछ । साथै खाद्यान्न तथा कस्मेटिकमा समेत पाँच प्रतिशत छुटको व्यवस्था मिलाएको उनले बताए ।

तपाईको प्रतिक्रिया