तिन महिना देखी बन्द एभरेष्ट बैँकको एटिएम, भन्दा २४ x ७ दिन ग्राहक सेवा, कहिल्यै हुँदैन खुल्ला 

आखीरी कहिले सम्म ग्राहकलाइ सास्ती !

इटहरी / पछिल्लो समय खुलेका बग्रेल्ती बैँकहरु र तिनीहरुले चोकैपिच्छे राखेका एटिएम मेसिन हात्तिको देखाउने दाँत सरह भएको छ ।  इटहरीमै सबैभन्दा भिडभाड हुने ठाँउका रुपमा रहेको गोरखा डिर्पाटमेन्ट स्टोरमा रहेको एभरेष्ट बैँकको एटिएम मेसिनले काम नगरेको तिन महिना भइसकेको छ । केहि समयअघि मेसिनमा यसै गरी समस्या आँउदा आक्रोसित भएका एक ग्राहक मेसिनमा टोडफोड समेत गरेका थिए । इटहरीको केन्द्रमा रहेको उक्त एटिएमले काम नगर्दा ग्राहकले सास्ति भोगिरहेका छन् ।

भन्दा २४ x ७ दिन ग्रहक सेवा, कहिल्यै हुँदैन खुल्ला

इटहरी स्थित एटिएम प्रयोगकर्ताहरु मध्येका एक प्रयोगकर्ता भन्छन् ‘कहिलेकाही एटिएममा समस्या आउनु सामान्य कुरा हाे तर तिन तिन महिना सम्मपनि एटिएम संचालनमा नआउनु बैंकले ग्राहकहरूमाथी गरेकाे गंम्भिर लापारबाही हाे । २४ घण्टा खुल्नु पर्ने एटिएम अब संचालनमा आइहाल्छ, अाज हुन्छ, भाेली हुन्छ भन्दै जनतालाई झुक्काएर बैंकले दिने यो झुर सेवाले भने सबैलाई वाक्कै बनाइसक्यो ।

बैंक भन्छ, ‘प्राविधिक समस्या हो’, छिट्टै समाधान गर्छाैं

यस बिषयमा पूर्वेली न्यूज डटकमले बैंकमा सम्पर्क गर्दा भरेष्ट बैकं लिमिटेड इटहरी शाखाका ब्रान्च म्यानेजर कृष्ण कर्णलाइ सम्पर्क गर्दा भोल्टेज अप डाउनको समस्याले युपिएसमा समस्या आएको र छिटै सञ्चालनमा आउने बताए । उनले इटहरीमा थप एउटा एटिएम मेसिन राखिने र सो को लागि ठाँउको खोजी कार्य जारी रहेकाे समेत जानकारी दिएका छन ।

यता बैंकको सेवाबाट हैरान भएका कतिपय ग्राहकहरुले बैंकको खाता समेत बन्द गरीसकेका छन् भने केहि ग्राहकहरु खाता बन्द गर्ने सुरमा रहेको बताउँछन् । भन्दा आफुलाई उत्कृष्ठ बताउने ‘क’ बर्गका बैंकहरूले नै ग्राहहरूलाइ भरपर्दाे सेवा सुबिधा दिन नसक्नु लजास्पद बिषय हाे ।

तपाईको प्रतिक्रिया

Loading…