तिजको अबसरमा ईम्पेरियलमा निशुल्क खिर

ईटहरी । सुनसरीको ईटहरीमा रहेको ईम्पेरियल लाउन्जमा तिजको अबसरमा कम्प्लिमेन्ट्रीका रुपमा खिर उपलब्ध गराईने भएको छ । तिजकै अबसरमा लाउन्जमा जन्मदिन मनाउन चहानेहरुका लागी बर्थ डे केक निशुल्क साथै ५ हजार भन्दा माथिको बिलमा स्न्याक्स समेत निशुल्क गरिएको सञ्चालक गोपाल गिरीले जानकारी दिएका छन । सञ्चालक गिरीका अनुसार चाडपर्बका अबसरमा अफर नै अफर दिने ब्यबस्था गरिएको छ ।

विवाह उत्सव , वर्डडे , मिटीङ , पाटी लगायत विविध समाराेहका लागि राम्रो सुविधा र स्वदिलाे खानेकुरकाे व्यवस्था साे ईम्पेरियलमा रहेकाे छ । १ बर्ष अघि देखि सञ्चालनमा अाएकाे उत्त ईम्पेरियल फराकिलो जमिनकाे क्षेत्रफलमा विशेष रुपले शान्त वातावरण अवस्थित छ । ६० जाना लाई स्वदेश मै राेजगारी प्रदान गरिएको ईम्पेरियल प्रदेश १ कै ठुलाे लगानी मध्येमा पर्ने , भुकम्प प्रतिराेधि र हेरि रहुं झै लाग्ने डिजाइनमा निर्माण गरिएको छ । अावश्यकता अनुसार हप्तामा केही दिन विभिन्न कन्सर्टहरु गीत संगित समेत अायाेजना भइरहेको उत्त इम्पेरियललाई व्यापार व्यवसायमा रुचि राख्ने स्थानिय गाेपाल गिरी , अन्जन केसी तथा सन्दिप राईकाे संयुक्त लगानीमा सञ्चालित छ ।

ग्राहककाे माग र चाहाना अनुसारकाे भने जस्तो सुविधा प्रदान गरिने ईम्पेरियलमा वातावरण अनुकुल व्यवस्थित पार्किङ स्थल र अाधुनिक स्तरीय शाैचालय लगायतकाे विविध सुविधा रहेकाे सञ्चालन मध्येका एक गाेपाल गिरिले बताए । उनले महगाे छ भनेर हल्ला र भ्रमकाे पछि लागेर कुनै पनि ग्राहक डराउनु पर्देन महगाे हाईन बरु स्तरीय भएको बताउँदै अाफुसंग भएको रकम सुनाउनु हाेस तेहि अनुसारकाे सेवा सुविधा दिन अाफु र अाफ्नाे ईम्पेरियल तयार रहेकाे जानकारी दिए । उनले ईम्पेरियलमा सिफुड लाई विशेष प्राथमिकतामा राखेकाेले नेपाली , चाईनिज , इन्डियन लगायत अावश्यकता अनुसार ग्राहककाे माग अनुसार खानेकुराकाे परिकार तुरुन्तै तयार गरि सेवा प्रदान गर्ने जानकारी दिए ।

गिरिले १ सय देखि १५ सय क्षमताको ग्राहक अटाउने सुविधा हाल ईम्पेरियलमा रहेकाेले व्यवसायलाई समेत ध्यानमा राखेर अाफ्नाे पहिचान र गुणस्तरलाई कायम राख्दै समयकाे माग र ग्राहककाे हितका लागि अन्य सेवाहरुकाे समेत विस्तार गर्ने याेजना रहेकाे सुनाए ।

तपाईको प्रतिक्रिया

Loading…