तिजकाे दिन अाज कति छ सुनको मूल्य ?

काठमाडौं, भदौ ८ / नेपाली बजारमा आज (विहिबार) सुनको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५५ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य हिजो मात्रै तोलामा एक सय रुपैयाँले घटेको थियो ।

सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…